जसपा, माओवादी र नेकपा (एस) बीच छलफल, जसपाले पाउला उपराष्ट्रपति ?
११ फाल्गुन २०७९, बिहीबार १८:२८
काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बीचमा छलफल सुरु भएको छ ।
राष्ट्रपति–उपराष्ट्रपतिलगायतका विषयमा छलफल गर्नका लागि तीन दलका शीर्षस्था सिंहदरबारमा बस्नु भएको
छ । माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई छलफल गर्ने भएपछि सत्ता समिकरण परिवर्तन हुने अवस्था सृजना भएको छ ।
शक्ति बाँडफाँटका लागि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपासँग छलफल गरिरहनु भएको छ ।
जसपाले उपराष्ट्रपतिमा दावी गरेको छ भने राष्ट्रपतिमा एकीकृत समाजवादी पार्टीले दावी गरेको छ । तर एकीकृत समाजवादी पार्टीलाई अन्तिम कार्यकालमा प्रधानमन्त्री दिने र जसपालाई उपराष्ट्रपति दिनेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी उपराष्ट्रपति दिनका लागि तयार रहेको दावी गर्नुभएको छ ।
तीन दलको बैठक बस्नुअघि उपेन्द्र यादव र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । सो छलफलबाट निस्केपछि अध्यक्ष यादवले भन्नुभयो, ‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ तर अझै छलफल हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया