फागुन १३ गतेसम्म राष्ट्रपतिको टुगों लाग्छ–प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा दलहरुको बीचमा छलफल जारी छ, फागुन १३ गतेसम्म टुगों लाग्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

तपाईको प्रतिक्रिया