Khadya Bibhag

एमालेले सुवास नेम्वाङ्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ फागुन १३ गते । नेकपा एमालेले पार्टीका नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज शंखमुलस्थित पार्टी कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रसँग राष्ट्रपतिमा सहमति नबनेपछि एमालेले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता साझेदार दल माओवादीले काँग्रेसलाई समर्थन गरेपछि एमालेले सो निर्णय गरेको हो ।

काँग्रेसले रामचन्द्र पौडेललाई रष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयको छ । पौडेललाई आठ दलको समर्थन रहेको छ ।

तपाईको प्रतिक्रिया