को हुन् ममता झा जसलाई जोगाएका थिए लोकमानले

काठमाडौँ फागुन २७ गते । अहिले जताततै ममता झाको चर्चा छ । उहाँ नेपालको राजनीतिमा जहिले पनि चर्चामा रहने नेतृ हुनुहुन्छ । अहिले त झन डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उहाँलाई उपराष्ट्रपति बनाएपछि झन उहाँको चर्चा नहुने कुरै भएन ।

उहाँ पंचायत, बहुदलदेखि गणतन्त्रसम्म चर्चामा रहने नेतृ हुनुहुन्छ । पंचायतकालमा सिधै शाही परिवारसँग सम्बन्ध राख्ने ममता झा बहुदल आएपछि नेपाल सद्भावना पार्टीमा आएर त्यो व्यवस्थामा पनि उहाँ सक्रिय रुपमा राजनीतिमा लाग्नुभएको थियो । नेपाल सद्भावना पार्टीमा महिला मञ्चको अध्यक्ष हुनुहुन्थ्यो ।

तत्कालिन नेपाल सद्भाना पार्टीका एक पुराना नेताका अनुसार उहाँलाई कारावही गरेर पार्टीबाट निकालिएका थियो । धेरै समय निस्कृय रहनु भयो । कहिले फोरम त कहिले कुन पार्टी जाने आउने गर्नुहुन्थ्यो तर उहाँ सक्रिय कहिले हुनुभएन । जब २०६१ मा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि ममता झा राजाको गुनगानमा लाग्नुभयो ।
केही पद पाइहालौ भनि निकै प्रयास गर्नुभयो । उहाँले राजाको नामबाट विभिन्न कार्यक्रमहरु गर्नुभयो । तर उहाँलाई केही हात लागेन । जनआन्दोलन सुरु भइसकेको थियो । आन्दोलन सफल भएपछि देशमा गणतन्त्र सफल भयो । उहाँ मृगेन्द्रकुमार सिंहको साथमा तत्कालिन फोरम निकट हुनुभयो । त्यति नै बेला मृगेन्द्रकुमार सिंह यादवले ममतालाई झाई २०६६ मा साझा प्रकाशनको अध्यक्षमा नियुक्ति गर्नुभएको थियो ।

झा नियुक्त हुने वित्तिकै साझाको नयाँ भवन निर्माणको कार्य सुरु भयो । भ्याट सहित ४ करोड ६० लाखमा भवन बन्ने भयो । चक्रेश्वरी मिची संयुक्त कम्पनीले काम पनि सुरु ग¥यो । त्यो कम्पनीले काम गरेको भन्दा ७० प्रतिशत बढी भुक्तानी भएको थियो । कम्पनीले ममता झाले २३ पटक गरेर दुई करोड ६२ लाख ५१ हजार ३६० रुपियाँ बुझाइससक्नु भएको थियो ।

यसरी बढी रकम भुक्तानी गरेको उजुरी अख्तियारमा परेपछि अख्तियारबाट आएको टोलीले त्यहाँबाट सबै फाइलहरु उठाएर लगेको थियो । फाइल उठाएर लगेपछि त्यसमा छानविन भएर मुद्दा दायर हुन्छ भनि सबैलाई लागेको थियो तर अख्यितारले मुद्दा दायर गर्नु कहाँ हो कहाँ साझाबाट लगेको सबै फाइलका कागजात (प्रमाण)हरु गायब बनायो ।

कुनै पनि फाइदा त्यहाँबाट फिर्ता आएन । साझा प्रकाशन स्रोतका अुनसार भवन निमार्णका क्रममा लगिएका केही कागजातहरू २०७२ साल वैशाख २३ गते अख्तियारले फिर्ता पठायो तर त्यो कागजात एउटा पनि काम लाग्ने थिएन । कम्पनीलाई तिरेको रकमको भौचर नै अख्तियारले गायब गर्दिए । मुख्य मुख्य कुनै पनि डकुमेन्ट अख्तियारले पठाएन ।
त्यसपछि साझाले २०७८ साल वैशाख २६ गते अनुसन्धान प्रक्रिया के भएको हो भन्दै र हराएका भौचरहरू फिर्ता गरिदिन पत्र काट्यो । तैपनि अख्तियारले कुनै कागजत तथा फाइल फिर्ता पठाएन । त्यतिबेला अख्यिारको प्रमुख आयुक्त लोकमान कार्की हुनुहुन्थ्यो । ममता झाले फँस्ने डरले पदबाट राजिनामा दिनुभएको थियो । त्यो फाइलको अझै अतोपतो छैन । त्यही ममता झा अहिले उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ ।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाएको ममता झामाथि अख्तियार दुरुपयोग आयोगले अर्को मुद्दा पनि लगाएको थियो ।

साझा प्रकाशनको अध्यक्ष भएको बेला ममता झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ जेठ ४ गते विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनलाई ३ लाख ६६ हजार जरिवाना र सजायको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

उहाँले साझामा माधव प्रसाद थपलियालाई बदनियतपूर्ण तरिकाले अस्थायी कर्मचारीको रुपमा नियुक्ति दिएको थियो । न्युनतम शैक्षिक योग्यता विना नै नियुक्त गरेर साझा तलब भत्ता लिनेदिने कार्य गरेकोमा अख्तियारले दुवैलाई कसुरदार ठहराएको थियो ।

साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सम्पत्ति दुरुपयोग गरी हानी पुराएको भन्दै झा र थपलिया दुबैबाट तीन लाख ६६ हजार बिगोसहित जरिवाना साझाको सहकारीलाई दिलाउन विषेश अदालत समक्ष अख्तियारले माग गरेको थियो ।

यस विषयमा सञ्चारकर्मीले उपराष्ट्रपतिका उम्मेदवार ममता झाले अदालतमा कुनै मुद्दा छैन भनि सानो प्रतिकृया दिनुभयो भने जसपाका अध्यक्ष डा.सिके राउतले यो विषयमा पछि कुरा गर्ने भनि छोटो प्रतिकृया दिनुभयो ।

२०७९ को स्थानीय चुनावअघि उहाँ जनमत पार्टीमा प्रवेश गर्नुभएको थियो । जनमत पार्टीले उहाँलाई सप्तरी जिल्लाको इन्चार्ज बनाएको थियो ।
स्थानीय चुनावमा उहाँ राजविराज नगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिनुभएको थियो । तर उहाँले आफ्नो जमानत पनि जोगाउन सक्नुभएन । उहाँलाई नै जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाएको भनि टिकाटिप्पणी भइरहेको छ ।

तपाईको प्रतिक्रिया