डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गर्नुभएको नागरिक उन्मुक्ति पार्टीबीचको सम्बन्धलाई लिएर खुब चर्चा हुने गरेको छ । पुस २४ गते जनमत पार्टी र उन्मुक्ति पार्टीबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर कार्यगत एकता भयो तर त्यो एकता बारे रेशम चौधरीलाई केही जानकारी छैन ।
पार्टीका अध्यक्ष रञ्जना श्रेष्ठ जो रेशम चौधरीका श्रीमती पनि हुनुहुुुन्छ । उहाँले हरेक कुरा रेशम चौधरीलाई सोधेर मात्र गर्नुहुन्छ । तर जनमत पार्टीसँग १२ बुँदे सम्झौता गरी गरेको कार्यगत एकताको बारेमा रेशम चौधरीसँग कुनै सल्लाह नभएको उहाँ निकट नेताहरु बताउनु हुन्छ । त्यही भएर दुई दलबीच गठनबन्धन बनेको तीन महिना बिते पनि हालसम्म एकपटक एउटा बैठक पनि भएको छैन । राष्ट्रपति चुनाव पनि भयो त्यसमा पनि कुनै सल्लाह भएन । अन्य थुप्रै राजनीतिक घटनाक्रम भयो कुनै सल्लाह भएन ।
उन्मुक्ति पार्टी सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लियो । त्यसमा पनि कुनै सल्लाह भएन । जनमत पार्टी केन्द्रीय सरकारदेखि प्रदेश सरकारमा पनि छ । त्यसमा पनि उन्मुक्ति पार्टीसँग कुनै सल्लाह भएन । त्यसका एउटै कारण हो, त्यो गठबन्धन रेशम चौधरीको सल्लाहमा बनेको थिएन । जेलबाट गठबन्धनको विरोध गरियो भने श्रीमतीको नै बेइज्जत हुने डरले रेशम चौधरी केही नबोलेको नेताहरु बताउनु हुन्छ ।
अहिले पछिल्लो समय फेरि जनमत, लोसपा र उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ । फागुन २७ गते तीनै दलका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेर कार्यगत एकताको घोषणा गर्नुभयो । तर त्यो कुराको जानकारी पनि जेलमा रहेका रेशम चौधरीलाई थाह भएन ।
यो गठबन्धन हुँदा रेशम चौधरी विरामी थिए । कसैले उहाँलाई जानकारी नै नगराएको स्रोतहरु बताउँछन् । यी सब काम सिके राउतको काम रहेको गुनासो जेलमा भेट्न गएकाहरुसँग रेशम चौधरीले गरिरहनु भएको छ । फागुन ३० गते जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवलेआफ्नो लागि मत माग्न जेलमा गएको बेला सो गुनासो गर्नुभयो ।
एउटै गठबन्धनमा हुँदा हुँदै जनमतले उठाएको ममता झालाई किन समर्थन गर्नुभएको कुरा जसपाका नेताहरुले राखेपछि यो बीचमा के के भयो आफूलाई केही पनि थाह नभएको दावी गर्दै उहाँले यी सब खेला सिके राउतले गराई रहेको दावी पनि गर्नुभयो ।
आफ्नो पार्टीका मत गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई नै जाने प्रतिवद्धता जेलमा गएका जसपाका नेताहरु समक्ष उहाँले गर्नुभयो । उहाँले त्यहीबाट आफ्ना श्रीमती तथा उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जनाश्रेष्ठलाई फोन गरेर यो ममता समतनको पछि लाग्ने होइन, गठबन्धनका साझा उम्मेदवार रामसहायलाई मत दिनका लागि पार्टीमा सबैलाई सर्कुलर गर्नु भनि भन्नुभएको थियो । यो गठबन्धन रहदैन चाँडै नै भत्किने आश्वसन पनि रेशम चौधरीले दिनुभएको जसपाका एक नेताले सहारा टाइम्सलाई बताउनुभयो ।
महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत र रञ्जना श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले गरेको पुस २७ गते गरेको कार्यगत एकतालाई काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि मन पराउनु भएको छैन । उहाँहरुले पनि यसमा सिके राउतलाई नै दोषी देखाउनु भएको छ । एउटा गठबन्धन हुँदा हुँदै अर्को गठबन्धन बनाउनु हुँदैन्थ्यो जनमत पार्टीका अध्यक्ष सिके राउतले जवर्जस्ती बनाउन लगाएको उहाँ दुवैजनाको बुझाई रहेको छ । यो काम सत्ता गठबन्धनको हित बिपरित रहेको गुनासो उहाँहरुको रहेको छ ।
गठबन्धन बनाएर सत्ता गठबन्धनकै साझा उम्मेदवारको विरुद्ध उम्मेवारी खडा गरेपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति चिढिनु भएको छ ।
तपाईको प्रतिक्रिया