बारा–२ मा काँग्रेस र लोसपाले उपेन्द्र यादवलाई सघाउने

काठमाडौँ चैत १९ गते । नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

बारा–२ मा उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएको छ । उहाँलाई काँग्रेस र लोसपाले सघाउने निर्णय गरेको छ । काँग्रेसको आज बसेको कार्यसम्पादनको बैठकले उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो।

‘बारा–२ मा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव रहने निर्णय गरेसँगै लोसपा पनि गठबन्धनकै निर्णय अनुसार जाने भएको छ । यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवारी दिने चर्चा गरेको थियो ।

तपाईको प्रतिक्रिया