के हो फिरगीं ? त्यसो भए सिकेका दाइ जयकान्त पनि फिरगीं ! (फरकमत)

यदि त्यसो हो भने उहाँको दाइ जो अहिले योजना आयोगको सदस्य हुनुहुन्छ उहाँ पनि फिरगीं हो त ? यो कुरा सिके राउतले यदि स्विकार गर्नु हुन्छ भने नेपाल तथा भारतको शब्दकोषमा उल्लेख परिभाषा पनि परिवर्तन गर्नुपर्छ ।

–विकास तिवारी
यही चैत ८ गते बारामा आयोजित एक कार्यक्रमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उपेन्द्र यादवलाई ‘फिरंगी’ भन्नुभयो । आफ्नो भाषणको क्रममा पटक पटक फिरगीं शब्द उहाँले प्रयोग गर्नुभएको छ । त्यो दिनदेखि नेपालमा पनि फिरगीं शब्दको चर्चा हुन थालेको छ । चुनावमा हारजित आफ्नो ठाउँको कुरा हो । तर सिके राउतले उपेन्द्र यादवलाई जसरी फिरंगी भन्नुभयो त्यो राजनीतिक अज्ञानताको पराकाष्ठा हो ।

चुनावी क्षेत्र परिवर्तन गर्नुलाई नै उहाँले यदि फिरगीं भन्नुभएको छ भने सिके राउतको विद्वतामाथि शंका गर्न सकिन्छ । उहाँले आफूलाई विद्वान भन्नुहुन्छ, तर कुन शब्द कहाँ कसरी प्रयोग गर्छन् त्यति पनि थाह छैन भने त्यस्तोलाई अज्ञानी नै भन्छन् ।

फिरगीं के हो, कसलाई फिरगीं भन्छ त्यस विषयमा पछि चर्चा गरौला तर उपेन्द्र यादवले आफ्नो चुनावी क्षेत्र परिवर्तन गरेकै कारणले सिके राउतले जसरी फिरगीं भन्नुभएको छ । त्यो अज्ञानता हो । नेताले बेलाबेलामा आफ्नो चुनावी क्षेत्र परिवर्तन गरेको कुरा विश्वको राजनीतिक इतिहासमा थुप्रै उदाहरण पाउन सकिन्छ । त्यसका लागि हामीले धेरै टाढा नै जानु पर्दैन ।

भारतीय नेता अटलविहारी वाजपेयीलाई आफ्नो चुनावी राजनीतिक जीवनमा पनि अनेकौ पटक निर्वाचनमा पराजयसँगै क्षेत्र परिवर्तन गर्नु पारेको थियो । वाजपेयीको चुनावी राजनीति सुरूवात हारबाटै भएको हो । सन् १९५३ मा लखनउमा भएको उपचुनावमा वाजपेयी एस.आर.नेहरूसँग पराजित हुनुभएको थियो भने सन् १९५७ मा वाजपेयीले क्षेत्र नै परिवर्तन गर्नुभयो । उहाँले त्यतिबेला बलरामपुरबाट चुनाव लड्नु भयो र विजय पनि हुनुभयो । फेरी सन् १९६२ मा वाजपेयी काँग्रेसको सुभद्रा जोसीबाट पराजित हुनुभयो । सन् १९७१̸ १९७७ मा वाजपेयीले पुनः क्षेत्र परिवर्तन गर्नुभयो र नयाँ दिल्लीबाट चुनाव लड्नुभयो र विजय पनि हुनुभयो

यसरी नै पुनः वाजपेयीले सन् १९८४ मा क्षेत्र परिवर्तन गरी ग्वालियर लोकसभा क्षेत्रबाट चुनाव लडेका थिए र उहाँ यसपटक काँग्रेसको माधवराज सिंधिंयासँग पराजित हुनुभयो । त्यसपछि उहाँले चुनाव लड्नुभयो । उहाँले राजनीतिबाट सन्यास लिनु भन्दा पहिले सन् २००४ सम्म चुनावमा निरन्तर जित्दै जानुभयो ।

हाम्रो देशका थुप्रै नेताहरु एक क्षेत्रबाट अर्को क्षेत्रमा चुनाव लडेर प्रधानमन्त्री, उपप्रधानमन्त्री भएका छन् । परिवर्तनका लागि लडेका नेताहरुले पनि आआफ्नो क्षेत्र परिवर्तन गर्नुभएको छ ।

यसरी देश विदेशका थुप्रै राजनेताहरू आवश्यकतानुसार आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्नुभएको उदाहरण प्रशस्त पाइन्छ । भारतको नेता वाजपेयी मात्र होइन, संविधान निर्माता अम्बेडकर, भारतीय नेता शरद यादवहरु आफ्नो स्थायी घर भएको राज्य भन्दा अर्को राज्यमा गएर चुनावमा भाग लिनु भयो । कोही हार्नुभयो कोही जित्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उत्तर प्रदेशबाट निर्वाचित हुनुभएको छ । उतराखण्डमा पैत्रिक घर भएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उत्तरप्रदेशबाट जित्नुभएको छ ।

हाम्रो देशका थुप्रै नेताहरु एक क्षेत्रबाट अर्को क्षेत्रमा चुनाव लडेर प्रधानमन्त्री, उपप्रधानमन्त्री भएका छन् । परिवर्तनका लागि लडेका नेताहरुले पनि आआफ्नो क्षेत्र परिवर्तन गर्नुभएको छ । अहिलेका प्रधानमन्त्री प्रचण्ड आफू चितवनका हुनुहुन्छ तर उहाँ चितवनका साथै रोल्पा, काठमाडौ, सिरहा, चितवन र गोर्खाबाट चुनाव लड्नु भएको छ ।

कांग्रेसका गिरीजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईले पनि आफ्नो क्षेत्र परिवर्तन गर्नुभएको छ । पछिल्लो समय राजेन्द्र महतो, अनिलकुमार झा, महन्थ ठाकुर, राजकिशोर यादव यस्ता सैयौं उदाहरण पाउन सकिन्छ । सिके राउतका आफ्नै भाइ डा.जयकान्त राउत पनि आफ्नो क्षेत्र छाडेर सप्तरी–१ मा गएर चुनाव लड्नु भएको थियो । उहाँको चुनावी क्षेत्र सप्तरी–२ हो ।

के सिके राउतका भाषामा ती सबै फिरगीं नै हुनुहुन्छ त । आजसम्म सिके राउतले उहाँहरुलाई फिरगीं भनेको कहिले सुनिएको छैन । उहाँका कुनै दस्तावेजमा पनि कतै फिरगीं शब्द प्रयोग भएको देखिएको छैन । यसबाट प्रष्ट हुन्छ कि उहाँ उपेन्द्र यादवबाट पूर्वाग्रही हुनुहुन्छ । राष्ट्रिय नेताहरूको कुनै एउटा क्षेत्र भन्ने हुँदैन । र, कुनै एउटा क्षेत्रमा सिमित रहनु पनि हुँदैन । आफूलाई पार्टीको राष्ट्रिय अध्यक्ष भन्ने तर एउटै क्षेत्रमा सिमित रहने, यो न्यायोचित होइन । राष्ट्रिय नेता बन्नका लागि देशका जुनसुकै क्षेत्रबाट जित्न सक्ने आँट राख्नुपर्दछ ।

मेरो विचारमा उपेन्द्र यादव जसरी क्षेत्र बदल्दै चुनाव लडि रहनु भएको छ । त्यो एउटा राष्ट्रिय नेताको गुण हो । उहाँले एकदम ठिक गर्नुभएको छ ।

के हो फिरगीं ?
नेपाली शब्द कोषमा फिरगींको शब्द फिरङ्ग महादेशको निवासीः अंग्रेज, गोरा, युरोपियन, । फिरङ्ग रोग लागेको व्यक्तिलाई पनि फिरगीं भन्छन् । त्यस्तै हिन्दी शब्दकोशमा पनि फिरगींको अर्थ फिरंग देशमा उत्पन्न, फिरगं देशमा बस्नेबाला, फिरगं देशको उल्लेख गरिएको छ । यसमध्ये सिके राउतले भनेको फिरगीं भन्ने शब्द उपेन्द्र यादवसँग कही कतै कुनै रुपमा मेल खाँदैन । न उहाँ गोरा हुनुहुन्छ, न फिरङका हुनुहुन्छ, न उहाँ युरोपियनका हुनुहुन्छ । अनि के अर्थमा के कराणले उपेन्द्र यादवलाई फिरगीं भन्नुभएको छ त्यो प्रष्ट छैन ।

सुरुमा अरबतिर फिरगं शब्द युरोपियनका लागि उपयुक्त थियो तर पछि व्यापक रुपमाले यसमा विदेशी भाव समाहित भयो । पूर्वी एसिया देशमा पनि जहाँ जहाँ पुर्तगाली, फ्रांन्सेली र अंग्रेज उपनिवेश बस्यो त्यहाँ विदेशीको आधारमा फिरगी शब्दको चलन बढ्दै गयो । 

भारतमा फ्रान्सेली तथा अंग्रेज दुवै व्यापर तथा शासन गर्ने लक्ष्य लिएर सँगसँगै आएका थिए । त्यतिबेला फ्रान्सेलीलाई फिरगीं तथा अंग्रेजलाई गोरा भनेर सम्बोधन गरिन्थ्यो । भारतमा भनाई नै छ कि ‘आग फिरंगी नौ गोरा, और तिन सै लडे जाट के दुइ छोरा’ । भारतमा अंग्रेज शासन हुँदा त्यहाँ उनीहरुलाई विभिन्न रुपमा फिरगीं भन्दै आएको तथ्यहरु भेटिन्छन् । इङ्गल्याण्डलाई फरंगिस्तान पनि भनिन्थ्या ।

र इङ्गल्याण्डमा अंग्रेजहरु बस्थे, त्यसैले अंग्रेजलाई फिरगीं भनिन्थ्यो । भारत स्वतन्त्रको ऐतिहासिक दस्तावेजहरुमा अंग्रेजको लागि फिरगीं शब्द पढ्न र सुन्न पाइन्छ । यो एउटा यस्तो शब्द हो जसले अँग्रेजका लागि खास चरित्रलाई दर्साउँछ अर्थात जवर्जस्ती देशमा घुसपैठ गरेको विदेशी । भारतमा फिरगीं शब्दको प्रयोग चाहे अंग्रेजका लागि नश्लीय आधारमा गरेको भएपनि अंग्रेजभन्दा पहिले पनि भारतमा फिरगीं शब्दको प्रयोग भएको विभिन्न साहित्यीक दस्तावेजमा पाइन्छ । फिरगीं शब्द भारतमा जसका लागि प्रयोग हुन्थ्यो ।

उसलाई विदेशी भनिन्थ्यो । तर यो शब्द अंग्रेजका लागि सबभन्दा प्रयोग भएको पाइन्छ । भनिन्छ, फिरगीं शब्द अरब र युरोपको बीचमा चलेको धर्मयुद्धको देन हो । सुरुमा अरबतिर फिरगं शब्द युरोपियनका लागि उपयुक्त थियो तर पछि व्यापक रुपमाले यसमा विदेशी भाव समाहित भयो । पूर्वी एसिया देशमा पनि जहाँ जहाँ पुर्तगाली, फ्रांन्सेली र अंग्रेज उपनिवेश बस्यो त्यहाँ विदेशीको आधारमा फिरगी शब्दको चलन बढ्दै गयो । थाइल्याण्ड, मलेसिया, श्रीलंका आदि देशमा पनि यो प्रचलित छ । श्रीलंकामा फिरंगीको परंजियर भन्ने गरिन्छ किनभने तमिल भाषामा फ लोप हुन्छ । स्मरणीय के छ भने मलेसियामा युरोपियनका साथसाथै अफ्रिकीलाई पनि फिरगं नै भनिन्छ अर्थात फिरगींलाई विदेशीको अर्थमा नै प्रयोग हुने गरिन्छ भनि यी सबै तथ्यले पुष्टि हुन्छ ।

भारतमा फिरगीं शब्दको प्रयोग चाहे अंग्रेजका लागि नश्लीय आधारमा गरेको भएपनि अंग्रेजभन्दा पहिले पनि भारतमा फिरगीं शब्दको प्रयोग भएको विभिन्न साहित्यीक दस्तावेजमा पाइन्छ ।

तर कथाकथित विद्वान सिके राउतले प्रयोग गर्ने शब्द कुन शब्दकोष र साहित्यबाट लिनुभएको छ थाह छैन । उपेन्द्र यादव न विदेशी हुनुहुन्छ, न गोरा अनि उहाँ कसरी फिरगीं हुनुभयो । एउट जिल्लाबाट अर्को जिल्लामा चुनाव लड्नु नै सिके राउतको नजरमा फिरगीं हो भन्नुहुन्छ भने उहाँको विद्वतामाथि मलाई दाया लाग्छ ।

यदि त्यसो हो भने उहाँको दाइ जो अहिले योजना आयोगको सदस्य हुनुहुन्छ उहाँ पनि फिरगीं हो त ? यो कुरा सिके राउतले यदि स्विकार गर्नु हुन्छ भने नेपाल तथा भारतको शब्दकोषमा उल्लेख परिभाषा पनि परिवर्तन गर्नुपर्छ ।
(विकास तिवारी सप्तरीका हुनुहुन्छ उहाँ भ्रष्टाचार विरुद्धको अभियानी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया