Khadya Bibhag

विभिन्न व्यक्तित्व पुरस्कृत

मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा चैत ११ गते एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद २१ हजार एक सय ११ रुपियाँ, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल ११ हजार एक सय ११ रुपियाँ, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल सात हजार एक सय ५१ रुपियाँ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव पाँच हजार एक सय ११ रुपियाँ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई पाँच हजार रुपियाँ एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।
सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको धारणा राख्नुभयो । प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पु¥याउन आवश्यक सहयोग गर्ने बताउनुभयो । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया