अपराधी खोज्न भारतीय सुरक्षाकर्मीको नजर नेपालतिर

यतिखेर पश्चिम नेपालको भारत–नेपाल बोर्डरमा सुरक्षाकर्मी तथा भारतको विभिन्न एजेन्सीको चहल पहल बढेको छ । नेपाल–भारत बोर्डर क्रस गर्नेमाथि भारतीय सुरक्षाकर्मीले विशेष नजर राखेको छ । उत्तरप्रदेश प्रयागराजका उमेश पाल हत्याकण्डामा मुछिएका भारतका अण्डरवर्डका छोरा अतित यहमदका छोरा असद अहमदलगायतका सुटरलाई खोज्न भारतीय सुरक्षाकर्मी नेपालका विभिन्न ठाउँमा सर्च अप्रेशन चलाएको छ तर नेपालका प्रहरीलाई यसको बारेमा केही थाह छैन ।
नेपालमा लुकेर बसेको आशंका बोर्डरमा पोस्टर पनि टाँसिएको छ भने त्यसको आरोपमा कपिलवस्तुबाट एकजनालाई समातेर पनि लगेको थियो तर उहाँबाट केही कुरा पत्ता लगाउन नसकेपछि उहाँलाई छाडिएको छ । नेपाल–भारत बोर्डमा सर्च अप्रशन चालु राखेको छ ।
त्यस्तै भारतको पञ्जावमा स्वतन्त्र राज्य खालिस्तानको समर्थक अमृतपाल सिंह पनि नेपालमा लुकेको होला भनि भारतीय सुरक्षाकर्मी नेपालको बोर्डरमा कडाइ गरेको छ । नेपाल–भारत बोर्डरमा अमृतपालको पोस्टर टासिएको छ । त्यसको वरीपरी खोजविन गरिरहेको छ तर अहिलेसम्म केही हात लागेको छैन । अमृतपाल नेपालमा लुकेको होला र नेपालको बोटोबाट अरु देश भाग्नसक्छ भनि नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया