डाक्टर झा जर्नल ‘आईडोज’को पेपर रिभ्युअरमा छनौट

काठमाडौं बैशाख ६ गते । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (क्ष्म्इव्) को पेपर रिभ्युअरमा छनौट हुनुभएको छ ।
एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उहाँलाई अनुरोध गर्नुभएको हो । नेपालबाट छनौट हुने उहाँ पहिलो डाक्टर हुनुहुन्छ ।
डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गर्नुभएको छ । उहाँका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भइ सकेका छन् ।
उहाँ ईण्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजिवन सदस्य पनि हुनुहुन्छ ।
आफूलाई आईडोजले पेपर रिभ्युअरण्मा छनौट गरेपछि खुसी व्यक्त गर्दै यो नेपाल र नेपाली डाक्टरको लागी निकै महत्वपूर्ण उपलब्धी रहेको डाक्टर झा बताउनु हुन्छ । यो छनौटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन् भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठानलाई माथि उठाउन सहयोग पुर्याउने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया