बारामा गठबन्धनका शीर्ष नेताले चुनावी सभालाई सम्बोधन गर्ने
६ बैशाख २०८०, बुधबार १६:५६
बारा बैशाख ६ गते । सत्ता गठबन्धनका शीर्ष नेताहरुले भोली बाराको चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई प्रधानमन्त्री समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अधयक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम रहेको बारा काँग्रेसका जिल्ला अध्यक्ष राजेश यादवले बताउनुभयो ।
कार्यक्रम बाराको गढीमाई मन्दिरको प्राङ्गणमा हुने बताइएको छ ।
चुनावी सभाको लगभग तयारी पुरा भएको र भोलि सबै शीर्ष नेताहरू बारा आइपुग्ने बताउँदै उहाँले सभालाई पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार बन्नुभएको छ ।
सभालाई उहाँले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुनका लागि सबैलाई अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया