Khadya Bibhag

सिके राउतले शिवचन्द्र कुशवाहालाई किन घुमाउदैनन् आफूसँग ?

बारा बैशाख ७ गते । जति जति चुनाव नजिकिदै जान्छ, त्यति त्यति बारा–२ का उम्मेदवारको प्रेसर बढी रहेको छ ।
नेता तथा कार्यकर्ताहरुको दौडधुप बढ्दैछन् । उम्मेदवारहरुले आआफ्नो तर्फबाट मतदातालाई रिझाउने प्रयासमा लागेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतको दौडधुप झन बाक्लिएको छ ।

उहाँ मतदाताको घरदैलोमा पुग्न दौडधुपमा छन् । तर उहाँसँग शिवचन्द्र कुशवाहा हुँदैनन् । शिवचन्द्र कुशवाहा जनमत पार्टीका उम्मेदवार हुनुहुन्छ ।

अध्यक्ष सिके राउत जहाँ जाँदा एक्लै जानु हुन्छ ।

उहाँको साथमा शिवचन्द्र कुशवाहा हुँदैनन् । सिके राउतले शिवचन्द्र कुशवाहालाई आफ्नो साथमा राख्न चाहनु हुन्न । शिवचन्द्र कुशवाहाले विगतमा गर्नुभएका विभिन्न अपराधका घटनाको बारेमा मतदाताले सोध्न थालेपछि सिके राउत दिक्क मान्न थाल्नु भएको छ ।

जनमत पार्टीका एक नेताले भन्नुभयो, ‘शिवचन्द्र कुशवाहाले विगतमा धेरै अपराधिक कामहरु गर्नुभएको छ, उम्मेदवार बनेपछि मात्र थाह भयो पहिला उहाँको बारेमा हामीलाई केही थाह थिएन । तर अहिले मत माग्ने क्रममा उहाँको बारेमा कुराहरु उठ्न थालेका छन् ।’

शिवचन्द्र कुशवाहा सिके राउतसँगै हुँदा पनि धेरैजनाले उहाँमाथि प्रश्न उठाउँदा अध्यक्ष राउतलाई गाह्रो भएको थियो । त्यसपछि उहाँले एक्लै हिड्न थाल्नुभएको छ । सिके राउत घरदैलो गर्दा शिवचन्द्र कुशवाहाको नाम लिनु हुन्न । सिके राउतसँग दुई तीन ठाउँ गएका विनय साहले भन्नुभयो, ‘सिके राउत जहाँ पनि होरन र आफ्नो नाम मात्र भन्नु हुन्छ, शिवचन्द्र कुशवाहाको नाम लुकाउने गर्नुभएको छ ।’

शिवचन्द्र कुशवाहामाथि बलात्कार, चोरी डकैती, हत्यालगायतको आरोप छ । पत्रकार विरेन्द्र साहको हत्यादेखि मन्दीरको मुर्ती चोरीसम्मको आरोप उहाँमाथि रहेको बारा पचरौटाका सन्तोष यादवले बताउनुभयो । शिवचन्द्र कुशवाहालाई जिताउनका लागि सिके राउतले सबै शक्ति लगाई सक्नु भएको छ, तर उहाँले आफ्नो साथमा राख्न चाहनु भएको छैन ।

कुनै कुनै बेलामा मात्र दुवैजना सँगै हुन्छन् नत्र प्रायः सिके राउत एक्लै उहाँको लागि मत मागि रहनु भएको हुन्छ । सिके राउत एक्लै मत माग्दा पनि कतिपय ठाउँमा शिवचन्द्र कुशवाहको बारेमा प्रश्न गर्ने गरेका छन् । ती प्रश्नबाट सिके राउत पन्छिने गर्नुहुन्छ, त्यही प्रश्नका कारण सिके राउतले शिवचन्द्र कुशवाहाको नाम लिनु हुन्न ।
मतदाताले शिवचन्द्र कुशवाहामाथि गरेको प्रश्नबाट सिके राउत आजित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया