Khadya Bibhag

बारा–२ः शिवचन्द्र कुशवाहा दोस्रो होइन, तेस्रो स्थानमा

बारा बैशाख ७ गते । बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी अग्रस्थानमा रहेको चर्चा भएपनि वास्तविक त्यस्तो नरहेको भनिएको छ । समाजिक सञ्जाल र केही मिडियाले बारा–२ मा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने भनिएको छ ।

त्यो पनि अवस्था रहेको छैन । विभिन्न सर्वेक्षण तथा अध्ययनले जसपाको प्रतिस्पर्धा एमालेसँग रहेको देखाएको छ । सिके राउत नेतृत्वको जनमत पार्टी तेस्रो स्थानमा पुगेको छ ।

समाजिक अभियन्ता सरोज राय पनि बारा–२ मा गएर मतदाताको मुड अध्ययन गर्नुभएको छ । बारा–२ को हरैया, सजौली, कहरइया, लौतन, भवानीपुर, उम्जन, सिसवा, लरही, मधुवन, सेढवा, सिहुरवा, गालोपट्टीलगायतको ठाउँमा गएर मतदातासँग प्रत्यक्ष भेटेर अध्ययन गर्नुभएको छ ।

उहाँले जसपा पहिलो स्थानमा, एमाले दोस्रो र तेस्रोमा जनमत रहेको बताउनु भएको छ । जनमत र सिके राउतको बारेमा बाहिर जति हाल्ला छ त्यो कुरा ग्रासरुटमा नदेखिएको बताउँदै उहाँले बोधवन र नयां बस्तीमा एमाले बढी छन्, अलिअलि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मत रहेको बताउनुभयो ।

त्यस्तै, एउटा स्थानीय अनलाइनले गरेको अध्ययनअनुसार ५८.४ प्रतिशत मतदाता उपेन्द्र यादवको पक्षमा रहेका छन् भने एमालेको मतदाता १४.६ प्रतिशत, जनमतको मतदाता १०.९ प्रतिशत, राष्ट्रिय स्वतन्त्र पार्टीको मतदाता ८.८ प्रतिशत र आम जनता पार्टीको मतदाता ७.३ प्रतिशत रहेका छन् ।

तपाईको प्रतिक्रिया