यतिबेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विल्कुल एक्लै हुनुभएको छ । सायद त्यही भएर होला उहाँकै गृह जिल्लामा त्यहाँका स्थानीयहरु लखेट्ने प्रयास गरेका हुन् । वाम गठबन्धनमार्फत २०७४ मा दुई तिहाई मत ल्याएर नेकपा बनाएर शक्तिशाली प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओली पछिल्लो समय रक्षात्मक अवस्थामा पुग्नुभएको छ । साना ठूला सबै दल एकातिर र एमाले मात्र अर्कोतिर भएपछि अध्यक्ष ओली अहिले जथाभावी झटारो हान्न थाल्नुभएको छ ।
२०७९ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनाव सम्पन्न भएपछि सरकार बनाउनका लागि माओवादीका अध्यक्ष प्रचण्डले एकछिनका लागि साथ दिएपछि आफूलाई सर्वशक्तिमान मान्दै बालुवाटारदेखि शितल निवाससम्म आफ्नो हात खुट्टा चलाउन थाल्नुभयो । सिंहदरवारमा त उहाँ प्रधानमन्त्रीका लागि छुट्याइएको कुर्सीमा नै बस्दिनुभयो । त्यति मात्र होइन, संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले आफूले संसद विघटन गर्दा कुुनै गल्ती नगरेको अभिव्यक्ति दिनुभएको थियो । त्यतिले नपुगेपछि उहाँले गठबन्धनैभित्र अर्को गठबन्धन बनाएर प्रचण्डलाई एक्ल्याउने र आफू प्रधानमन्त्री बन्ने योजना बुन्न थाल्नुभएको थियो ।
उहाँलाई त्यतिबेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले साथ दिनुएको थियो । अध्यक्ष ओलीको षड्यन्त्रलाई साथ दिनेमा तयार भएका उहाँहरु ओलीसँग गरेको गोप्य बैठकहरुको सुइको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि पाइसक्नु भएको थियो ।
त्यसपछि उहाँले ओलीसँगको गठबन्धन भत्काउनुपर्छ भन्दै त्यसको योजनामा लाग्नुभयो । एमालेका अध्यक्ष ओलीलाई जानकारी नै नदिइ काँग्रेसका सभापति शेरबहादुर देउवासँग वार्ता गरेर पुरानो गठबन्धन पुनः ब्युत्याउने सम्झादारी गर्नुभएको थियो । र, त्यस्तै भयो पनि । प्रचण्डलसहित रास्वपाका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहलगायतले पनि अध्यक्ष ओलीको साथ छाड्नुभयो ।
अध्यक्ष ओलीलाई भरोसा थियो कि अरु जजसले साथ छाडेपनि राजेन्द्र लिङदेल र रवि लामिछानेले साथ छाड्नु हुन्न । तर विस्तारै विस्तारै दुवै दलले साथ छाडेर हिडेका थिए । पछि पनि मिलाउने प्रयास पनि अध्यक्ष ओलीले गर्नुभएको थियो । तर उहाँहरु बालकोटमा बस्न रुचाउनु भएको थिएन । रवि सत्ता गठबन्धनमा जानु भयो र राजेन्द्र लिङ्देल छुट्टै बस्न थालेपछि अध्यक्ष अोलीसँग कोही भएन । त्यसपछि राप्रपालाई टार्गेट गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई झटारो हान्न थाल्नुभयो । अध्यक्ष ओलीले ‘राजतन्त्र मान्नेहरु मुर्ख र फटाहा’ हुन भनि अभिव्यक्ति दिएपछि राजवादीहरु ओलीमाथि खनिएका छन् । मंसिर ४ गते भएको चुनावमा एमाले र राप्रपाबीच चुनावी तालमेल थियो ।
मधेश प्रदेशमा जसपासँग पनि थियो तर चुनावपछि उहाँको साथमा कोही बस्न मानेनन् । राप्रपाका नेताहरुले ओलीलाई ‘मुख सम्हालेर बोल्न समेत चेतावनी दिनुभएको छ । ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको र यसले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनु भएको छ । उहाँले ओलीलाई माफी माग्न समेत भन्नुभएको छ ।
जनआन्दोलनको समयमा अोलीले ‘गोरुगाढा चढेर अमेरिका पुग्छु भन्नु र नेपालमा गणतन्त्र ल्याउनु’ उस्तै हुन भनि अभिव्यक्ति दिएपछि राजावादीहरु उहाँको नजिक भएका थिए । राजपरिवार पनि सफ्ट कर्नर भएको थियो । राप्रपाका नेताहरुले पनि उहाँलाई मन पराउन थालेका थिए । तर पछिल्लो अभिव्यक्तिले उहाँलाई उल्टो गाह्रो बनाउने भएको छ ।
–सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया