२०७९ चैत २२ गते ११ः२१ वजे जनता समाजवादी पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो सचिवालयको फेसबुक पेजमा प्रहरीको घेराभित्र बैशाखी टेकेकेको एउटा पुरानो तस्विर राख्दै लेख्नु भएको थियो, ‘साथीहरू, युद्ध टुंगिएको छैन । म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहु लहुवान् भएर संघर्ष गर्दैछु । चारैतिरबाट घेराबन्दीमा छु । विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरू, साइबर सेलहरूको निरन्तर आक्रमणमा छु । आर्थिक, सामाजिक विभिन्न समस्याहरूले पिरोलेकै छ । केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।……..’
केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु भने कुरा अध्यक्ष राउतले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई भन्नुभएको कुरा स्पष्ट छ । अध्यक्ष राउतले यो कुरा जुन बेला लेखि रहनु भएको थियो । त्यो आफ्नो न्यायका लागि कानुनको ढोका ढकढकाउन व्यस्त हुनुहुन्थ्यो उपाध्यक्ष अब्दुल खान । रोजेको मन्त्रालय नदिएपछि जबर्जस्ती मन्त्रीबाट फिर्ता बोलाएपछि अब्दुल खान पीडामा हुनुहुन्थ्यो नै त्यही बेला उहाँको बारेमा एउटा अश्लिल भिडियो बाहिर आएको थियो । एकातिर मन्त्रीबाट हटाएकोमा दुखि थिए भने अर्कोतिर आफ्नो बारेमा बनाइएको गोप्य भिडियो भाइरल भएपछि अब्दुल खान निकै तनावमा जानुभयो ।
मन्त्रीबाट जवर्जस्ती फिर्ता बोलाएको विषयमा अब्दुल खान सिके राउतप्रति खुशी हुनुहुन्थेन । अध्यक्ष राउतमाथि नै आफ्नो पिडा विभिन्न स्रोतमार्फत पोखिरहनु भएको थियो । त्यही अवस्थामा आयो अश्लिल भिडियो । त्यसको विरुद्धमा उहाँले प्रहरीमा उजुरी दिन कानुन राय सल्लाह लिन भौतारि रहनु भएको थियो त्यही बेला सिके राउतले लेख्नुभयो, ‘ केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।’ जुन दिन यो कुरा अध्यक्ष सिके राउत लेखि रहनु भएको थियो, त्यो बेला उपाध्यक्ष अब्दुल खान प्रहरीको साइबर ब्युरोमा निवेदन दिइरहनु भएको थियो ।
अब्दुल खानको अश्लिल भिडियो बाहिर आएपछि जनमत पार्टीको चुनाव प्रचारमा निकै असर परेको थियो । त्यो भिडियो कारण जनमत पार्टी र सिके राउतमाथि चौतर्फी प्रहार भइरहेको थियो । विपक्षीका लागि त्यो विषय ठूलो हतियार बनेको थियो । त्यही कुराबाट आहत भएर विक्षिप्त हुँदै सिके राउतले त्यस्तो कुरा फेसबुकमा लेख्नु भएको थियो । मन्त्री पदबाट हटेदेखि हालसम्म अब्दुल खान र सिके राउतको बीचमा भेटघाट पनि छैन । बोलचाल धेरै टाढाको कुरा हो ।
जुनबेला सिके राउत शिवचन्द्र कुशवाहका लागि भोट माग्दै बाराका मतदाताको घरघर गएर खुट्टा ढोगी रहनु भएको थियो त्यो बेला उपाध्यक्ष अब्दुल खान भक्तपुरको चाँगुनाराणमा घुमघाम गरिहनु भएको थियो । टिकटक बनाएर रमाइलो गरिरहनु थियो । सिके राउत जुनबेला असिन पसिन हुँदै मतदाताको खेतमा पुगेर मत मागि रहनु भएको थियो त्यो बेला अब्दुल खान क्याफेमा बसेर साथीहरुसँग रमाइलो गरिरहनु भएको थियो ।
जुनबेला ३१ डिग्रीको तामक्रममा सिके राउतले शिवचन्द्र कुशवाहाका लागि मत माग्न बारा–२ को गलीहरुका डुलिरहनु भएको थियो । त्यो बेला सिके राउत बर्दियाली कलाकार समाजको कार्यक्रममा रमाई रहनुभएको थियो ।
जुन बेला सिके राउतले आफ्नो मतको एक एक हिसाब गरेर नतिजाको प्रतिक्षामा हुनुहुन्थ्यो, त्यो उपाध्यक्ष अब्दुल खान बर्दियामा रमाइ रहनु भएको थियो । अर्थात आफ्नो उम्मेदवारलाई जिताउनका लागि जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा संघर्ष गरिहनु भएको थियो । तर एक दिन पनि अब्दुल खान त्यहाँ जानुभएन । बारामा उपेन्द्र यादवलाई हराउनका लागि सिके राउतले सारा शक्ति लगाई सक्नुभएको थियो ।
यति मेहनत त उहाँले आफ्नो लागि सप्तरी–२ मा पनि गर्नुभएको थिएन । तर उपाध्यक्ष अब्दुल खान सिके राउतको हालखबर पनि सोध्न उचित मान्नु भएको थिएन । आफ्नो समूहका साथमा काठमाडौ, भक्तपुरलगायत बाँके बर्दियाका विभिन्न ठाउँमा रमाईलो गर्दै हिडि रहनुभएको थियो ।
अब्दुल खान हालसम्म पार्टीको सम्पर्कमा हुनुहुन्न । पार्टीका एकजना पदाधिकारीले भन्नुभयो, ‘अब्दुल जी कहाँ हुनुहुन्छ थाह छैन हालसम्म पार्टीको सम्कर्पमा आउनुभएको छैन ।’
स्रोतका अनुसार अब्दुल खान जनमत पार्टीको सम्पर्कमा हुनुहुन्न तर जसपाका सम्पर्कमा रहनुभएको छ । आन्तारिक रुपमा जसापका अध्यक्ष उपेन्द्र यादवलाई नै सघाएको जसपा नेपालका कतिपय नेताहरुको दावी रहेको छ । अब्दुल खानले आफू डुलेको, घुमेको फोटोहरु फेसबुकमा राख्नु भएको छ तर बारामा भएको चुनाव प्रचारको कुनै पनि सामाग्री राख्नु भएको छैन ।
बरु जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव जितेपछि फेसबुकमार्फत बधाई दिनुभएको छ । तर आफ्नो उम्मेदवारलाई सान्तवना पनि दिनभएको छैन ।
तपाईको प्रतिक्रिया