यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वल्र्ड २०२३ को उपाधि जितेपछि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ ।
फेमिना मिस इन्डिया वल्र्ड २०२३ को उपाधि जितेपछि नन्दिनीको फ्यान फलोइङ निकै बढेको छ । मिडिया रिपोर्टका अनुसार नन्दिनीलाई लामो समयदेखि बलिउडमा धेरै फिल्मको अफर आइरहेको थियो तर उनले ती फिल्म अस्वीकार गरेकी थिइन् । यसैबीच फेरि एकपटक नन्दिनीलाई एउटा स्क्रिप्ट मन परेको र उनी यसमा काम गर्न चाहन्छिन् भन्ने खबर पनि आइरहेको छ ।
नन्दिनी ‘वेलकम’ को तेस्रो पार्ट ‘वेलकम ३’ मा प्रवेश गरेकी छिन् । फिल्ममा उनी मुख्य भूमिकामा देखिने छिन् । फिल्म ‘वेलकम’ ठुलो फ्रेन्चाइजी हो । निर्माण पक्ष अहिले फिल्म ‘हेराफेरी ३’ मा केन्द्रित छ । चलचित्र ‘हेराफेरी ३’ को बारेमा निकै चर्चा चलिरहेको छ । यसपछि उनीहरुले वेलकममा ध्यान दिनेछन् ।
तपाईको प्रतिक्रिया