Khadya Bibhag

सहायक सिडियोमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

सिरहा जेठ ४ गते । बास– नेपाल सिरहा शाखाले भ्रष्टाचार नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदै सिरहाका सिडियोमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र –बुझाएको छ ।
बास– नेपाल सिराहा शाखाका अध्यक्ष गोबिन्दराज बिष्टको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियन्ताहरुले जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलमार्फत बढदो भ्रष्टाचार, महँगी, बेथितिलाई नियन्त्रणको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपालीको विकासको मुख्य बाधक तत्व भ्रष्टाचार र भ्रष्टाचारी हुन । वर्तमान सरकारले भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध चालेको कदमले अगामी दिनमा भ्रष्टाचार न्युनीकरण हुनेमा आम नागरिकले विश्वास लिएको ज्ञापनपत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया