Khadya Bibhag

नागरिक उन्मुक्तिद्वारा आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

 

काठमाडौ जेठ ३ गते । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गर्दै कोण सभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजकि गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् ।

यी माग पुरा नए नेपाल बन्द गर्नेसम्मको कार्यक्रम गर्ने उनले बताउँदै भने पाँच गतेसम्म देशैभरी कोणासभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम गर्ने चेतावनी दिए ।

यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनले बताए ।

यता पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ भने उता जेलबाट विज्ञप्ति जारी गर्दै रेशम चौधरीले अदालतको निर्णय स्विकार गरेका छ्न ।

तपाईको प्रतिक्रिया