बाँके जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बाँकेका सात जना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ ।
मुस्लिम जर्नलिस्ट क्लबद्धारा आयोजित ‘मुस्लिम समुदायको सवाल’ विषयक अन्तरक्रिया र सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरेको हो । साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधि तथा दलमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो समेत प्रदान गरेको छ ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बानो, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह लगायतका जनप्रतिनिधिहरु थिए ।
जसपा कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरुलाई अधिकारबाट बन्चित गर्ने गरी वर्तमान राजनितिक दलहरु लागी परेको दावी गरे ।
कार्यक्रममा संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खानलगायतले आआफ्नो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया