Khadya Bibhag

अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी

‘पिस फोर अल’ शान्ति सबैको लागि अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न भएको छ । बैशाख २३ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको सो चित्रकाला प्रदर्शनी जी पी कोइराला फाउडेशन, आर्ट एण्ड कल्चर डिपार्टमेन्ट नेपाल र ड्रिम आर्ट ओल्ड इन्डियाद्वारा आयोजना गरेका थिए ।
अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादवले गर्नुभएको थियो भने समापन मुख्यमन्त्री सरोज यादवले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठान, जनकपुरका अध्यक्ष राम भरोस कापडी, आमसञ्चार प्राधिकरण जनकपुरका अध्यक्ष श्याम सुन्दर यादवले चित्रकला प्रदर्शनीले मधेस प्रदेशको कला संस्कृतिहरूको प्रचार प्रसार हुनुका साथै कलाकर्मीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको थियो ।
प्रदर्शनीमा पेन्टिङ फोटोग्राफी, डिजिटल आर्ट, स्कल्पर्चलगायत विभिन्न प्रदर्शनी भएका थिए । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया, टूनिशीया, साउथ कोरिया ,इजरायललगायत विभिन्न देशहरूबाट कलाकारहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया