काठमाडौँ जेठ ७ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतीले चयन हुनुभएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलबाट उहाँ दलको नेतामा चयन भएको सो पार्टीका प्रचार विभागका प्रमुख पूर्ण वस्नेतले बताउनुभयो ।
संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिको बैठक बसेको थियो । सो बैठकले सबै सांसदहरुको सहमतिले अध्यक्ष यादवलाई दलको नेतामा चयन गरेको हो ।
पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस अघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता हुनुहुनथ्यो । उहाँ उपराष्ट«पतिमा निर्वाचित भएपछि सो पद खाली थियो ।
तपाईको प्रतिक्रिया