‘नीति तथा कार्यक्रमले न सपना देखाउन सक्यो न त त्यो विश्वास जगाउन सक्यो’
८ जेष्ठ २०८०, सोमबार १८:३४
काठमाडौँ जेठ ८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले राज्यले मधेशसँग सौताको जस्तो व्यवहार गरिरहेको बताउनु भएको छ ।
राष्ट्रपति चुरे संरक्षणको नाममा अर्बौ खर्च गरिसकेको बताउँदै उहाँले चुरे उपयोगको नाममा दोहन गरेर मधेशलाई मरभूमीकरण गरिरहेको बताउनुभयो ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा भइरहेको छलफलमा भाग लिँदै उहाँले मधेश मरुभूमी भयो भने देशको आर्थिक अवस्था खराब हुने दावी गर्नुभयो । चुरे भनेको मधेशको मात्र होइन, देशकै लाइफलाइन रहेको बताउँदै सांसद यादवले राज्यको संयन्त्र बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
‘एक झुठा दुसरे झुठा से कहता हैं कि सच बोलो’ जस्तो अवस्था अहिले नेपाली राजनीतिको रहेको टिप्पणी उहाँले गर्नुभयो । ‘आर्थिक स्थिति, विकासको स्थिति अर्थात हामी जे अवस्थामा छौं भन्ने कुरामा गम्भीर हुनु जरुरी छ, उहाँले भन्नुभयो, आज जुन नेपाल हो त्यो कुनै दलको कुरा मात्र होइन, २०७७ सालदेखि मानक बनाउने हो भने जुन जुन दल नेतृत्वमा आए ती सबैले जिम्मेवारी लिनुपर्छ ।’ २०४८ पछिको अवस्थामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रले जिम्मेवारी लिनै पर्ने उहाँले बताउनुभयो ।
पटक पटक प्रधानमन्त्री भएका व्यक्तिले पनि यो देशको आर्थिक स्थिति मन्दीमा गयो, नेपाल पछौटेपनको शिकार भयो, यो गर्न दिएन, त्यो गर्न दिएन भनि रोइलो गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । यो नीति तथा कार्यक्रम अन्तरविरोध र कन्फ्युजको संगालो हो, उहाँले भन्नुभयो, हामी स्पष्ट हुनुपर्छ कि आजको यथार्थ यो हो, समस्या यो हो, त्यो समस्यालाई ‘डाइग्नोज’ गरौं, अब यसको उपचार यसरी हुनसक्छ, उहाँबाट हामी यात्रा तय गरौं ।’
विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव, नेपाली समाजमा देखिएको बदलाव र त्यहाँको रहन सहनबीच तारतम्य मिलेन भन्ने समस्याका समाधान गर्न नसकिने बताउँदै उहाँले ठूला ठूला गफ मात्र्र दिने तर अन्तराराष्ट्रिय दातृ संस्थाहरुसँग कोर्डिनेशन नगर्नेसम्म अगाडि बढ्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
विश्वको अर्थतन्त्रमा देखिएको बदलावलाई नेपालमा कसरी प्रयोग ल्याउने जस्ता चतुराई र बुद्धि प्रयोगको काम सरकारले गनुपर्ने उल्लेख गर्दै सांसद यादवले यदि त्यति गर्न सकिएन भने कही पनि पुग्न नसकिने बताउनुभयो । संसद तथा सरकारमा नेपाली जनताले दोहोरी हेर्न नचाहेको बताउँदै उहाँले परस्थितिवश यो गर्न सकिएन, बाध्यतावश यो हुन सकेन, अब यो गर्छौ, यसको जिम्मा लिन्छौं, गर्न सक्छौं भने गर्छौ होइन भने बाटो छोड्छौं भनि प्रतिवद्धताका साथ आउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सच्चिएनौं भने सकिन्छौं ।’
देशका माफियाहरु यति बलिया भएका छन्् कि नक्कली भुटानी शरणार्थी बनाउने काममा राज्यलाई पनि संलग्न गराउन सफल बनाउन सफल भएको बताउँदै उहाँले देशको गृहमन्त्रालय जसले जनताको सुरक्षाको जिम्मा लिएको छ त्यही संगठन बिचौलियासँग साँठगाँठ गर्न बाध्य हुन्छ भने यो जतिको लज्जास्पद कुरा अरु के हुन्छ भनि प्रश्न गर्नुभयो ।
एउटा संसदीय समितिको बैठकमा हवाई सुरक्षा र पर्यटन प्रवद्र्धनको कुरा गर्दा पर्यटन मन्त्री सुदन किराँतीले त्यो बैठकमा ‘म त मन्त्रीको नाममा डमी छु शो केशमा सजाएर मात्र राखेको जस्तो छु यो देश त बिचौलियाहरुले चलाई रहेका छन्’ भन्नुभयो यसैबाट अनुमान लगाउन सकिन्छ कि देश कता गइरहेको भनि सांसद यादवले टिप्पणी गर्नुभयो ।
तिमी दयाँ बयाँ गरियौं भने मन्त्री पद खाइ दिन्छु भनि बिचौलियाहरुले धम्की दिने गरेको कुरा पनि मन्त्री किराँतीले आफूलाई भनेको सुनाउँदै सांसद यादवले भन्नुभयो, ‘नेपाल बनाउने ऐतिहासिक समय हो, यो नीति तथा कार्यक्रममा सपना देखाउनु पथ्र्यो नेपाली युवाहरुलाई कि हिजो जे जे भयो, भयो अब नेपाल बनाउँछौं हामी सुध्रियौं भनि सपना देखाउनु पथ्र्यो र त्यो सपनामाथि विश्वास जगाउनु पथ्र्यो ।’
नीति तथा कार्यक्रमले न सपना देखाउन सक्यो न त त्यो विश्वास जगाउन सकेको टिप्पणी गर्दै उहाँले बाहिर जानु भयो भने जनताले भन्ने गरेका छन् नेताहरुले यस्तै भाषण गर्छन् अरु केही गर्न सक्दैनन् भनि टिप्प्णी गरेका हुन्छन् यसले पुष्टि हुन्छ कि जनतालाई आफ्नो विश्वासमा लिन सरकार तथा राजनीतिक दल लिन असफल भएको बताउनुभयो ।
यसपालीको बजेटले नेपाली युवाहरुलाई यो देशमै भविष्य छ, तिमीहरु यहीं बस्नुपर्छ, विश्वास दिलाउनुपर्ने बताउँदै उहाँले त्यति मात्र भयो भने ठूलो काम हुन्छ, अहिले विश्वासको खडेरी रहेको टिप्पणी गर्नुभयो । तीन दलका प्रमुख नेतालाई दोहारी नखेल्न आग्रह गर्दै सांसद यादवले पूर्व प्रधानमन्त्रीहरुलाई एक दुई दिन मोवाइल अफ गरेर देश र जनताको बारेमा चिन्तन गर्न आग्रह गर्नुभयो ।
तपाईको प्रतिक्रिया