काठमाडौं जेठ ५ गते । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै विनय यादवले सूचना माग गर्नुभएको हो ।
राष्ट्रिय एकता अभियानका संयोजक समेत रहनु भएका उहाँले सूचनाको लागि संस्कृति, पर्यटन तथा नागरिक उड़यन मन्त्रालयमा निवेदन दिनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणको लागि भएको समझौताको प्रतिलिपी उपलब्ध गराई दिन निवदेन दिनुभएृको हो ।
त्यसैगरी उहाँले समझौता हुँदाको बखत पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको अनुमानित लागतको विषयमा पनि सूचना माग गर्नुभएको हो ।
त्यस्तै उहाँले समझौता पश्चात कुन(कुन मितिमा कति कति, कुन (कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत व्रद्धि भएको जानकारी समेत माग गर्नुभएको हो ।
त्यसैगरी परियोजनामा कुन(कुन स्रोतबाट लगानी भएको हो र परियोजनको अन्तिम कुल लागतको विषयमा पनि सूचना उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरेका छन् ।


तपाईको प्रतिक्रिया