Khadya Bibhag

आफू पिडामा रहेर अरुलाई खुशी दिने विवेकानन्द

–श्रीमन्ननारायण
महान प्रेरक एवं आध्यात्मिक महापुरुष स्वामी विवेकानन्दको ३९ वर्षकै अल्पायुमा निधन भएको थियो । तर महापुरुषहरुको जीवनकाल तिनको महान कर्म र योगदानका कारण हजारौं वर्षसम्म स्मरणीय एवं प्रार्थनीय हुन जान्छ  । पीडा, कष्ट एवं अभावग्रस्त जीवनयात्रामा पनि उनले सनातन धर्म एवं भारतवर्षको निम्ति ठूलो योगदान दिएर गएका छन् ।
मनुष्यको निम्ति असम्भव केही पनि होइन । तर हामीले आपूmलाई अथवा अन्य कसैलाई पनि कहिल्यै कमजोर ठान्नु हु“दैन । आज पूरै विश्वमा सबैभन्दा बढी प्रेरणा अथवा मोटिभेसनको कुरा गरिन्छ । जीवनको अर्थ खोजिन्छ । प्रविधि विस्तारको यस युगमा व्यक्ति आपूmलाई एक्लो महसुस गरिरहेका हुन्छन् । शायद त्यही भएर होला व्यक्ति निराश एवं विचलित पनि हु“दै गएका छन् ।
वर्तमानको आधुनिक एवं व्यस्त युगमा पनि स्वामी विवेकानन्दको विचारलाई हामीले आत्मसात गर्ने हो भने हाम्रो जीवनयात्रा अझ बढी सहज, सरल एवं सुविधाजनक हुन जानेछ । नया“ पुस्तामा नैराश्यता बढेको छ । तीब्र प्रतिस्पर्धामा आप्mनो स्थानलाई खोज्नु अथवा सुरक्षित राख्नु व्यक्तिको एकमात्र लक्ष्य हुन गएको छ । अपेक्षित सफलता हासिल नभएपछि व्यक्ति बिचलित भई आत्महत्या गर्ने अवस्थामा समेत पुग्दछ ।
व्यक्तिको यस दुःख र पीडाबाट लाभ उठाउन पनि वर्तमानको आर्थिक युगले नया“–नया“ जुक्ति निकालेको छ । निराश व्यक्तिलाई उत्साही बनाउन हजारौं प्रेरक व्यक्तिहरु चर्चामा आउने गरेका छन् । मोटिभेटरहरुको कारोबार पनि पल्लवित र पुष्पित हुन थालेको छ । मोटिभेसनको निम्ति खोलिएका उद्योगहरुको आर्थिक कारोबार पनि खर्बौ डलरसम्मको हुन गएको छ । केही राम्रा मोटिभेटरहरु पनि छन् तर सनातन हिन्दू धर्ममाथि विश्वास गर्नेहरुले आप्mना महापुरुषहरुको जीवनगाथालाई अध्ययन र स्मरण गर्ने हो भने हामीले अन्त जानै पर्दैन । प्रेरणा हासिल गर्नको निम्ति तथा नया“ सड्ढल्प लिनका निम्ति कुनै ठूलो ‘प्रेरणा बजार’ अथवा ‘मोटिभेसन इन्डस्ट्रिज’ मा जानुपर्ने छैन ।
स्वामी विवेकानन्द ३९ वर्षसम्म मात्रै बा“चे तर हजारौं वर्षको निम्ति काम गरेर गएका छन् । उनको जीवनयात्रालाई नजिकबाट नियालेर हेर्ने हो भने अनेकौं अप्ठ्यारा, सड्ढट, अभाव एवं कष्टमा उनलाई बा“च्नुपरेको थियो तर पनि उनले धैर्य एवं साहसलाई गुमाएनन्, बिचलित भएनन् । उनी बा“चुञ्जेलसम्म यस्ता अनेकौं चुनौती एवं कष्टहरुको सामना गर्दै सनातन धर्म एवं भारत वर्षलाई धेरैथोक दिएर गएका छन् ।
विश्व र समाजलाई उनले धेरै थोक दिएर गएका छन् । अमेरिकाको बोस्टनस्थित ट्वान्टीएथ सेन्चुरी क्लबमा उनले दिएका भाषण, जुन वेदान्त दर्शनमा आधारित थियो पूरै विश्व जगतलाई हाम्रो सनातन धर्म एवं जीवनपद्धतिबाट अवगत गराएको थियो । हामीले सामाजिक एवं निजी जीवनमा भोगिराखेका चुनौतीहरु स्वामी विवेकानन्दले भोगेका चुनौतीको तुलनामा केही पनि छैन । उनको शरीरलाई ‘व्याधि मन्दिरम’ पनि भनिन्छ । उनले बा“चुञ्जेलसम्म रोगहरुस“ग मुकाबिला गर्दै रहनुप¥यो । दुईवटा रोग उनले पुर्खाबाट विरासत (उत्तराधिकार)मा पाएका थिए, पहिलो मधुमेह र दोस्रो मुटुरोग । अचानक बुबाको निधनपश्चात् सधैं नै जोडले उनको टाउको दुख्ने गर्दथ्यो । त्यसबाट मुक्ति पाउन उनी कपूर सु“घ्ने गर्दथे ।

 

भनिन्छ, पूरै जीवनमा उनलाई ३१ वटा रोग लागेको थियो । मुटुरोग, मधुमेह, दम, पत्थरी, मिर्गौला समस्या, अनिद्रा, न्युरोस्थेनिया, कलेजोसम्बन्धी रोग, डायरिया, टाइफाइड, टन्सिल, जोडले टाउको दुख्नु, मलेरिया, विभिन्न किसिमको ज्वरो, पेटमा पानी जम्नु, पाचन क्रिया कमजोर, डिस्पोसिया, लाम्बेगो अथवा ढाडको दुखाइ, घा“टीको दर्द, ब्राइटिस डिजिज, ड्रौप्सी, आ“खा रातो हुनु, एल्बुमिनियुरिया, एउटा आ“खाको ज्योति समाप्त हुनु, कम उमेरमा कपाल र दा¥ही फुल्नु, रातिको खाना पश्चात् तीव्र गर्मीको अनुभूति हुनु, गर्मी सहन गर्न नसक्नु, चा“डै थाक्नु, सी सिकनेस र सन स्ट्रोक जस्ता रोगहरु भएको थियो ।
समय–समयमा उनले आप्mना आफन्तहरुलाई लेखेका पत्रहरुमा यी कुराहरुको उल्लेख पाइन्छ । तर हामी कल्पना गरौं कि यति रोग र व्याधिले घेरिएका बावजूद एउटा सन्याशीले यति कम समयमा कसरी यति ठूलाठूला काम गर्न सकेका होलान् ? बिल्कुलै अविश्वसनीय तर उनले युगौयुगसम्म असर पार्न सक्ने खालका कामहरु गरेर देखाइदिए ।
सन् १८९७ मा डा. शशि घोषलाई उनले अल्मोडाबाट लेखेको पत्रमा निद्रा नआउने रोगको सन्दर्भमा चर्चा गर्दै बालिग भएपछि आपूmलाई जीवनमा कहिल्यै ओछ््यानमा जाने बित्तिकै निद्रा नआएको उल्लेख गरेका थिए । उनले कम्तीमा पनि दुई घण्टासम्म यताउता घुमिरहनु पर्दथ्यो । एकपटक मद्रासदेखि दार्जिलिङसम्मको यात्रा र प्रवासका दौरान तकियामा टाउको राख्ने बित्तिकै निद्रा आएको थियो । अनिद्राका कारण उनी राति यताउता घुम्ने रोग र रातिको खानापछि गर्मी लाग्ने समस्याबाट सधैं पीडित रहे । अचलानन्दलाई उनले बताएका थिए कि बालिग भएपछि उनले कहिल्यै चार घण्टाभन्दा बढी सुत्न सकेनन् ।
उपचारका लागि उनी चिकित्सक कहा“ पनि गए । उनी बा“चुञ्जेलसम्म मेडिकल साइन्सको त्यति बढी विकास विस्तार भएको थिएन । उपचारको निम्ति उनले एलोपैथी, होम्योपैथी, आयुर्वेद र देश–विदेशका झोलाछाप डाक्टर अथवा मामूली डाक्टर कहा“ जानुप¥यो । सधैं आर्थिक सड्ढट भइरहन्थ्यो । डाक्टरलाई फिस दिन उनीस“ग पैसा हु“दैन्थ्यो । एकपटक सन् १८९८ मा उनले डाक्टर के.एल. उनको नजिक गएका थिए । उपचारपछि डाक्टरलाई बुझाउनुपर्ने ४० रुपियाँ फिस र १० रुपैया“को औषधि खरिद गर्नुपरेको थियो । त्यतिबेलाको पचास रुपैया“को मूल्य कति थियो होला यसको सहजै आ“कलन गर्न सकिन्छ । तर उनीस“ग त्यति पैसा थिएन । उनका गुरुदाईहरुले बडो कठिनाईले त्यस पैसाको व्यवस्था गरेका थिए ।
घरायसीको समस्याका कारण पनि उनी आजिवन व्यथित र दुःखी नै थिए । आप्mनो रोगभन्दा पनि आप्mनी आमा भुवनेश्वरी देवीको कारण बढी व्यग्र र हैरान थिए । जबसम्म उनका बुबा विश्वनाथ दत्त जीवित थिए, उनको परिवारको मासिक खर्च मात्रै एक हजार थियो । सन् १८८४ मा उनको निधनपश्चात् उनकी आमाले पारिवारिक खर्च घटाएर सीमित पारिन् । अचानक आएको समस्या र गरिबीका बावजुद पनि उनकी आमाले धैर्य गुमाइनन्, अर्कातिर स्वामीजीलाई भने आप्mनो आमालाई अपेक्षित सुख, सुविधा दिन नसकेकोमा दुःखले सताउने गर्दथ्यो ।
आमा गरिबीमा जीवन बिताउ“थिन् यो कुरा उनलाई मन परेको थिएन । एकपटक उनले भनेका पनि थिए कि जसले आप्mना आमालाई सही ढड्डले पूजा गर्न सक्दैन ती व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन । जोकोही पनि उनको दुःख र समस्यालाई कल्पना मात्र गर्दा विचलित हुन सक्दछ । यसको बावजुद उनले यस्ता काम गरे जो भारतवर्षमा हजारौं वर्षसम्म स्मरणीय रहिरहनेछ । सनातन हिन्दू धर्मको प्रचारप्रसारका निम्ति उनको योगदान अतुलनीय रहिरहनेछ । यस महामानव भन्दा ठूला प्रेरक व्यक्ति कोही पनि भएन । पारिवारिक जीवनमा ठूलो समस्या, निजी जीवनमा रोग व्याधिबाट हैरान तर पनि अरुका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति र आप्mनो सभ्यता एवं संस्कृतिका निम्ति उनले आप्mनो सबैथोक समर्पित गरे ।
उनीभन्दा ठूलो चरित्र नया“ पुस्ता र युवाको निम्ति अरु केही हुनै सक्दैन । हामीले सपना देख्नुपर्दछ र पूरै आत्मविश्वासका साथ त्यसमा काम गर्नुपर्दछ । आप्mनो जीवनमा लक्ष्यको निर्धारण, असल गुरुको छनोट, आप्mनो कुरालाई अभिव्यक्त गर्न सक्नु तथा त्यसमै समर्पित रहनुलाई सफलता प्राप्तिको सूत्र बताएका थिए । इतिहासमा अनेकौ नायक भए जसको त्याग र बलिदानबाट संसार यहा“सम्म आइपुगेको छ तर अभाव र समस्याका बीच यतिधेरै गर्न सक्ने निकै कम महापुरुष भए । वर्तमान पुस्ताले यदि उनको पुरुषार्थ, सड्ढल्प र सङ्घर्षलाई आत्मसात गर्नेछन् भने विरक्ति, निराशा अथवा दुःखको अनुभूति गर्नुपर्ने छैन ।
विवेकानन्दको जीवनको मिशन र भिजन (ध्येय र दृष्टि) बाट नै युवा पुस्ता जीवनको महŒव बुभ्mने छन् । भारत वर्षलाई उनले आध्यात्मिक एकताका निम्ति नया“ ऊर्जा प्रदान गरे । उनकै कारण जीवनको प्रत्येक क्षेत्रमा नया“ चेतनाको विस्तार भएको अनुभूत गर्दछन् भारतवर्षका जनता । यस्ता महापुरुष–मनिषी र विज्ञहरुकै कारण कुनै पनि देश जगद्गुरु हुने गौरव र अवसर प्राप्त गर्दछ । हामीले स्वामी विवेकानन्दका निम्ति र आप्mनो निम्ति उनको स्मरण समय–समयमा गरिराख्नु पर्दछ ।
कुनै पनि देशलाई समाजवादी अथवा राजनीतिक विचारबाट प्लवित गर्नुभन्दा पूर्व यो आवश्यक हुन जान्छ कि देशमा आध्यात्मिक विचारको बाढी ल्याइयोस् । हाम्रा उपनिषद्, पुराणहरु, वेद र सबै शास्त्रहरुमा जेजति अपूर्व सत्य लुकेका छन् ती पानाहरुलाई किताबभन्दा बाहिर ल्याउनु पर्दछ र समाजलाई जागृत गर्नुपर्दछ ।
मन्दिरको पर्खालभन्दा बाहिर ल्याएर, जड्डलको शून्यभन्दा टाढा र केही सम्प्रदाय विशेषको हातबाट तानेर चारैतिर छर्नुपर्दछ । ताकि यो सत्य दावानलको समान चारैतिर पैmलिन सकियोस् । हिमालयदेखि कन्याकुमारी र सिन्धुदेखि ब्रह्मपुत्रसम्म सनातन धर्मको प्रचारप्रसार हुन सकोस्् । स्वामी विवेकानन्दजस्ता महामानव विरलै जन्म लिन्छन् ।

तपाईको प्रतिक्रिया