‘जीवनलाई पानी जस्तो बग्न दिनुपर्छ, उसले आफ्नो बाटो आफै बनाउँदै हिड्छ, त्यसलाई थुन्ने काम गर्यो भने भत्केर जुनसुकै बेला पनि तुफान ल्याउन सक्छ ।’
यो सन्दर्भ ठ्याक्कै स्नेहा झाको जीवनसँग मेल खान्छ । पत्रकार स्नेहा झाको जीवनमा तुफानले साक्षात्कार गर्न चाहे तर उहाँले छेउछाउ पनि आउन दिनुभएन । उहाँले आफ्नो जीवनलाई पानी जस्तो बग्न दिनुभयो कहिल्यै त्यसलाई थुनछेक गर्ने प्रयास गर्नुभएन । किनभने उहाँलाई थाह थियो, ‘यदि यसलाई थुन्ने वा छेक्ने प्रयास गरे भने उथल पुथल ल्याउँछ र त्यसले धेरै कुरा भत्काउदै जान्छ, त्यसैले निरन्तर बगिरहन दिनुपर्छ ।’

३७ वर्षीय स्नेहाले त्रिचन्द्रबाट आइएससी (२०६२) गरेपछि त्यहीबाट बीएससी (२०६६) सकाउनुभयो । साइन्स ब्याकग्राउण्डका स्नेहा पत्रिकारितामा कसरी आउनु भयो भनि धेरैलाई कौतुहलता लाग्न सक्छ । स्नेहाले केही गर्ने, केही पाउने उद्देश्य कहिले लिनु भएन । उहाँलाई जस्ट आइए, बीए पढ्ने इच्छा थियो तर आमा–बुवाले छोरी साइन्स बढ्नु पर्छ भन्नुभएको थियो तर किन पढ्नुपर्छ त्यो पनि त्यतिबेला भनिएको थिएन ।
आमा–बुवाले भनेको आधारमा उहाँले साइन्स पढ्न सुरु गर्नुभएको थियो । साइन्स पढेर गर्ने के त्यो पनि स्नेहालाई थाह थिएन । पढाई गरेर के गर्छु त्यो पनि कुनै लक्ष्य थिएन । तर उहाँलाई यति थाह थियो कि जीवन जिउनका लागि केही गर्नुपर्छ । यही गर्नुपर्छ त्यो पनि थिएन जे आउँछु त्यही गर्छु भनि सोच उहाँको थियो ।
। त्यहाँको म्यानेजरले स्नेहालाई स्क्रिप्टको बारेमा जानकारी दिनुभएको थियो । स्क्रिप्ट कसरी लेख्ने त्यसको फर्मेट बनाएर स्नेहालाई जानकारी दिनुभएको थियो ।
जागिरको खोजी
स्नेहा आइएससीमा पढ्दा नै जागिरको खोजीमा निस्किसक्नु भएको थियो । पत्रिका ल्याएर त्यसमा देखिएका विज्ञापनमा गोलो लगाउनु हुन्थ्यो र एक–एकलाई फोन गरेर र बोलाएको ठाउँमा जानु हुन्थ्यो । यो काम बीएससी पढ्दासम्म पनि भयो ।
रिसेप्सनिष्टदेखि लिएर शिक्षकसम्म, इभेन्ट माइनेजमेन्टदेखि पत्रकारितासम्ममा उहाँले ट्राइ गर्नुभएको थियो ।
थुप्रै ठाउँमा उहाँले मौखिक, लिखित, प्राइटिकल परीक्षा पनि दिनुभयो तर कतै पास हुनुभएन । एक दिन एउटा अर्को विज्ञापनमा पनि उहाँको नजर गयो । एफएममा आरजेको काम र नजान्नेलाई तालिम पनि दिइने विज्ञापन थियो । स्नेहालाई तालिम भन्दा पनि जागिरको आवश्यकता थियो । सानैदेखि एफएम सुनेको भरमा रेडियामा बोल्न सक्छु भनि आँट गरेर उहाँ विज्ञापन खोलेको एजेन्सीमा जानुभएको थियो ।

स्नेहासँग स्क्रिप्ट माग्यो । तर स्क्रिप्ट के हो, स्नेहालाई थाह थिएन । उहाँले त रेडियोमा सिधै बोल्न पाइन्छ सोचेर जागिरका लागि दौडिनु भएको थियो तर स्क्रिप्ट हेरेर मात्र बोल्न पाइन्छ भन्ने कुराको ज्ञान उहाँलाई थिएन । त्यहाँको म्यानेजरले स्नेहालाई स्क्रिप्टको बारेमा जानकारी दिनुभएको थियो । स्क्रिप्ट कसरी लेख्ने त्यसको फर्मेट बनाएर स्नेहालाई जानकारी दिनुभएको थियो । भोली स्क्रिप्ट लिएर आउनु भनेर स्नेहालाई पठाई दियो ।
कोठा फर्केर स्नेहाले त्यसको तयारीमा लाग्नुभयो । उहाँले एफएममा सुनेका कार्यक्रमको आधारमा गर्मी महिनामा महिलाले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई कसरी ध्यान दिने विषयमा स्क्रिप्ट लेख्नुभयो । र भोलीपल्ट त्यो स्क्रिप्ट लिएर पुन त्यहाँ पुग्नुभयो । म्यानेजरले स्नेहाको स्क्रिप्ट हेरेर आश्चर्यमा पर्नुभयो । एफएममा कामै नगरेका, कहिले कुनै तालिम नै नलिए पनि यस्तो स्क्रिप्ट लेखेको भनि स्नेहाको तारिफ भएको थियो ।
कला सुब्बाको नाम लिएपछि
त्यसपछि उहाँको भ्वाइस टेस्ट भयो । त्यसमा पनि पास हुनुभयो । त्यसपछि इन्टरभ्युमा उहाँलाई बोलाइयो । भक्तपुरको एउटा रेडियो स्टेशनमा भएको इन्टरभ्युमा उहाँलाई सोधिएको थियो, ‘तपाईको रोडमोडल को हुनुहुन्छ ।’ उहाँले कला सुब्बाको नाम लिनुभएको थियो । त्यो सुनेर इन्टरभ्यु लिनेहरु चिढिए । स्नेहालाई उहाँहरुले झपाड्न थाल्नुभयो । रेडियो बारे थाह नहुने मान्छे कला सुब्बाको फ्यान रे ।
रेडियोको एउटा तालिम पनि छैन, एक दिन कुनै रेडियोमा बोलेको पनि छैन अनि आरजे बन्ने रे भन्दै स्नेहालाई गिज्याएका थिए । रेडियोको तालिम छैन भनेर उहाँलाई मौखिकमा पास गरेन ।
तर जसले उहाँलाई लिएर त्यहाँ गएका थिए, त्यसले भनेका थिए, ‘स्नेहा आरजे र भिजे बन्नका लागि तालिम चाहिदैन, कला भए पुग्छ त्यो कला तिमीसँग छ चिन्ता नलिनु तपाईको यो अवाजले एक दिन दुनियाँमा तहल्का मचाउँछ ।’ त्यो मान्छेको कुरा सुनेर स्नेहालाई तत्काल सन्त्वना त मिल्यो तर इन्टरभ्यु लिनेहरुले जुन व्यवहार गरेका थिए त्यसले उहाँको निकै चित्त दुखेको थियो ।
बीएससी सकेपछि एक दिन बुवा रमेश झाले छोरी स्नेहा र छोरा अनुज झालाई घरमा बसाएर भन्नुभएको थियो, ‘मैल तिमीहरुलाई पढाए लेखाए, अब तिमीहरु आफै केही गर ।
त्यसपछि त्यस्ता विज्ञापनहरु भर्ने सोच नै त्याग्नुभयो । ध्यान पढाईमा केन्द्रित गर्नुभयो । दुई वर्षपछि एउटा पत्रिकामा रेडियो तालिमको विज्ञापन निस्केको थियो । त्यसमा फर्म भर्नु भयो र बागबजारमा तीन महिनाको तालिम लिनुभयो । तालिम लिएपछि फेरि पत्रकारितातिर उहाँले ध्यान दिनुभएन । बरु उहाँले होम ट्युशनहरु पढाउनु भयो र पुनः पढाईमा नै केन्द्रित हुनुभयो । त्रिचन्द्रमा बीएससी पढ्न थाल्नुभयो । बीएससी पढ्दै गर्दा एउटा मोन्टेश्वरीमा ६ महिना पढाउनु पनि भयो ।
बुवाले घर छाडेपछि
बीएससी सकाएपछि स्नेहालाई झन रोजगारीको भोक जाग्यो । कारण थियो घरको जिम्मेवारी उहाँको काँधमा आएको थियो । बीएससी सकेपछि एक दिन बुवा रमेश झाले छोरी स्नेहा र छोरा अनुज झालाई घरमा बसाएर भन्नुभएको थियो, ‘मैल तिमीहरुलाई पढाए लेखाए, अब तिमीहरु आफै केही गर । अब म तिमीहरुको बोझ उठाउन सक्दिन । मलाई सबै जिम्मेवारीबाट मुक्त गर । अब म तिमीहरुसँग बस्न सक्दिन ।’
त्यो दिन स्नेहाका लागि जीवनको सबभन्दा ‘ट्रनिङ प्वाइन्ट’ थियो । तर त्यसलाई उहाँले सहज रुपमा लिनुभयो । उहाँले भन्नुभयो, ‘बुवाले यस्तो प्रस्ताव ल्याएपछि छोरीको रुपमा मलाई तकलिफ त भएको थियो तर मैले त्यसलाई सहश्र स्विकार गरे । बुवाको पनि आफ्नो जीवन छ, आफ्नो चाहना र इच्छा छ हामीलाई जन्माउनु भयो हुर्काउनु भयो, पढाउनुभयो त्यसपछि आफ्नो बाँकी दायित्वबाट मुक्त हुन चाहनु भएको छ भने ‘इटस् ओके’ ।’

नास्टका कर्मचारी (अधिकृत) रमेश झाले स्नेहाका आमा बैदेही झासँग पनि यो कुरा गरिसक्नु भएको थियो । बैदही झाले पनि मुटुमाथि ढुङ्गा राखेर स्नेहाका बुवालाई स्वतन्त्र छाड्न राजि हुनुभएको थियो । यो कुरा यहाँ उठाउन कति जायज हुन्छ थाह छैन तर भनिन्छ, स्नेहाका बुवा रमेश सुरुदेखि नै छोरा छोरीप्रति त्यति जिम्मेवार हुनुहुन्थेन रे । छोरीछोरीलाई काठमाडौँ ल्याउने पढाउने र केही काबिल बनाउने त्यस्तो सोच पनि उहाँमा ।
गाउँमै बसेर पढ्दा पनि हुन्छ, काठमाडौँ आएर पढ्नु पर्छ भनि सोच रमेश झाको थिएन । तर आमा बैदेहीको जोडबलले स्नेहाहरु काठमाडौँ आउनुभएको थियो । स्नेहाहरुलाई काठमाडौँ ल्याउन बुवा रमेशको इच्छाभन्दा बढी आमाको इच्छा थियो । काठमाडौँको परिबोध बोर्डिङ स्कुलमा नर्सरीदेखि एलकेजीसम्म पढ्नु भएका स्नेहा ग्रीनलन्स एकेडेमीमा युकेजीदेखि कक्षा एकसम्म पढ्नु भएको थियो ।
त्यसपछि स्नेहालाई पनि गाउँ फर्काइयो । मामा गाउँमा गएर पढ्न थाल्नुभयो । स्नेहा भन्नुहुन्छ, ‘त्यतिबेला के भयो थाह भएन तर आमा बुवाले फर्काउनु भएको थियो म फर्के ।’ मामा गाउँको एक स्कूलमा दुई कक्षामा नाम लेखाउन जाँदा स्कूलले चारमा नाम लेखिदियो । पढ्नमा राम्रो छ, दुई भन्दा ठिक चारमा हुन्छ भनि एकैपटक स्नेहा चारमा पढ्न थाल्नुभएको थियो ।
एक वर्ष त्यहाँ पढेपछि स्नेहा फेरि काठमाडौँ आउनु भयो । ६ कक्षादेखि मध्यबानेश्वरको रत्नराज्य स्कुलमा पढ्न थाल्नुभयो । त्यहीबाट उहाँले २०५८ सालमा फस्र्ट डिभिजनले एसएलसी पास गर्नुभयो । त्रिचन्द्रबाट २०६२ मा आइएससी पास गर्नुभएका स्नेहा २०६६ मा त्यहीबाट बीएससी पनि पास गर्नुभयो ।
पहिलो सरकारी जागिर
बुवा घर छाडेर गइसकेपछि स्नेहाले आफ्नो जिम्मेवारी बोध गरेर जागिरको खोजीमा हुनुहुन्थ्यो । पहिला जस्तै पत्रिकामा विज्ञापन हेर्ने, फर्म भर्ने बोलाएको ठाउँमा जाने, परीक्षा दिने तर सधै फेल हुने । स्नेहा सर्टकट बाटोबाट जागिर खोज्ने सोचमा हुनुहुन्थ्यो किनभने उहाँलाई तत्काल जागिर चाहिएको थियो ।
उहाँले काठमाडौँ सहरमा जागिर खोजि रहनु भएको थियो । त्यति नै बेला उहाँका आमा बैदेहीको नजर टि टीभिको स्क्रिनमा पुग्यो । त्यहाँ न्युज एङ्कर र रिर्पोर्टरको माग गरिएको थियो ।
एक दिन स्नेहालाई उहाँका अंकल प्रमोद झाले विज्ञान मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल फाउण्डेशनमा टिभी प्रोग्रामका लागि साइन्स ब्याकग्राउण्डका मान्छे चाहिन्छ भन्नुभएको थियो । साइन्स पढ्दा पढ्दै स्नेहाले रेडियो तालिम पनि लिनुभएको कुरा प्रमोदलाई थाह थियो ।
स्नेहाले विज्ञान मन्त्रालयमा गएर फर्म भर्नुभएको थियो । उहाँले त्यहाँ काम पाउनुभयो । नेपाल टिभीबाट प्रसारित ‘आजको विज्ञान’ प्रोग्राम २०६८ देखि चलाउन थाल्नुभयो । तर त्यहाँ एक वर्ष पनि टिक्नु भएन । स्नेहा भन्नहुन्छ, ‘त्यहाँ दुईटा कारण भयो, एक त सरकारी जागिर भएको कारणले काम गर्ने स्वतन्त्रता थिएन, खुलेर काम गर्न पाइरहेको थिइनन् । अर्को कुरा, मलाई भित्रभित्र लागि रहेको थियो कि सायद मेरो अंकलले भनसुन गर्नुभएको कारणले म यो जागिर पाएको छु । यिनै कारणले गर्दा मैले त्यहाँको जागिर छाडेर हिडेको थिए ।’
रेडियो र टिभीको यात्रा
त्यहाँबाट छाडेपछि राजधानी रेडियोमा काम गर्न थाल्नुभयो । बेरोजगारीका कारण त्यहाँ काम गर्न थाले पनि स्नेहालाई त्यहाँ चित्त बुझिरहेको थिएन । उहाँलाई जागिरको चिन्ता कायम थियो । उहाँले काठमाडौँ सहरमा जागिर खोजि रहनु भएको थियो । त्यति नै बेला उहाँका आमा बैदेहीको नजर टि टीभिको स्क्रिनमा पुग्यो । त्यहाँ न्युज एङ्कर र रिर्पोर्टरको माग गरिएको थियो । बैदहीले खुशी हुँदै स्नेहालाई भन्नुभएको थियो, ‘यी हेर त यहाँ विज्ञापन खोलिएको छ, एकचोटी बुझ त ।’ उहाँको आमा पनि एसएलसी पास हुनुहुन्थ्यो ।
त्यो घरका लागि जागिरको कति आवश्यकता थियो यसैबाट बुझ्न सकिन्छ । स्नेहाका भाइ र बहिनी पनि पढि रहेका थिए । बुवा गइसकेपछि आमाको काँधमा सबै जिम्मेवारी आइसकेको थियो तर ती सबै जिम्मेवारी कसरी पुरा गर्ने त्यसका लागि घरमा आम्दानीको स्रोत चाहिन्छ ।
तत्काल त स्नेहाले आमाको त्यो कुरालाई जानी जानी इगनोर गर्नुभयो तर भित्रभित्रै त्यसको खोजीमा लाग्नुभयो ।
टि टीभीको कार्यालयमा गएर फर्म भर्नुभयो र उहाँले आफ्नो क्वालिफिकेशनको आधारमा २०६९ मा त्यहाँ जागिर पाउनुभयो । त्यहाँ समाचार पढ्नुको साथै रिर्पोटिङ पनि गर्नुहुन्थ्यो । त्यहाँ दुई वर्ष मात्र काम गर्नुभयो । तलबलगायतका विषयमा कुरा नमिलेपछि उहाँले त्यहाँबाट २०७१ मा जागिर छाड्नु भएको थियो ।

तर टि टीभीमा काम गरिरहँदा उहाँले पार्ट टाइम हेडलाइन्स एण्ड म्युजिक एफएममा काम गरिरहनु भएको थियो । त्यसैले त्यहाँबाट जागिर छाड्दा तत्कालै जागिरको आवश्यकता महसुस भएन तर अझै त्यो भन्दा राम्रो जागिरका लागि उहाँ प्रयासरत हुनुहुन्थ्यो । टि टीभी छाडेपछि पनि त्यो एफएममा दुई वर्ष काम गर्नुभएको थियो ।
२०७५ मा जनता टिभी ज्वाइन गर्नुभएका स्नेहा त्यहाँ धेरै समय टिक्नु भएन । त्यहाँ मैथिली भाषामा समाचार तथा कार्यक्रम सञ्चालनका लागि जानु भएको थियो ।
पछि विभिन्न कारणले त्यो एफएम पनि छाड्नु भयो । तर जागिर खोज्ने काम छोड्नु भएको थिएन । हुन त पत्रकारितामै जागिर खानु पर्छ भन्ने उहाँको सोच थिएन । प्राइभेटमा जुनसुकै राम्रो काम भए गर्ने मुडमा हुनुहुन्थ्यो स्नेहा । सरकारी जागिरमा जाने उहाँको इच्छा नै थिएन । किन त जिज्ञासामा उहाँले एक लाइनमा भन्नुभयो, ‘त्यहाँ काम गर्ने स्वतन्त्रता हुँदैन ।’ उहाँले आफ्नो बुवाको जागिरलाई नजिकबाट अनुभव गर्नुभएको थियो । सायद त्यो पनि एउटा कारण हुनसक्छ ।
त्यतिबेला मधेशी पत्रकारहरुको छाता संगठन मधेशी पत्रकार संघ खुलेको थियो । स्नेहा त्यसको मेम्बर भएर त्यसमा सक्रिय हुनुभयो । संघले नै चलाई रहेको मधेशखबर अनलाइन, हुलाकी न्युजमा काम पनि गर्नुहुन्थ्यो । त्यतिबेला त स्नेहा संघका लागि होलटाइमर जस्तै हुनुहुन्थ्यो । तर त्यहाँ उहाँको टाइम पास मात्र भइरहेको थियो । जागिर खोजी काम जारी थियो किनभने घरको आवश्यकता थियो ।
२०७३ मा एन्टेना फाउण्डेशनमा मैथिली ड्रमा ‘हिल्कोर’ मा काम पाउनुभयो । त्यहाँ स्क्रिप्ट लेख्नुदेखि लिएर हरेक कुराको मुख्य भूमिका उहाँ हुनुहुन्थ्यो । एक वर्षको लागि एग्रिमेन्ट थियो । त्यो सकेपछि उहाँ त्यहाँबाट हट्नुभयो । स्नेहाको काम देखेर उहाँलाई अर्को प्रोजेक्टमा पनि काम दिइरहेको थियो तर डाटा एनालाइसिको काम थियो, त्यसमा चित्त नबुझेर पछि त्यहाँ थप काम गर्नुभएन ।
स्नेहाले भन्नुभयो, ‘मलाई हिल्कोर जस्तो ‘क्रिएटिभ’ काम लागेन ।’
एन्टेना फाउण्डेशन छाडेपछि त्यसको केही दिनमै जनता टिभी ज्वाइन गर्नुभयो । २०७५ मा जनता टिभी ज्वाइन गर्नुभएका स्नेहा त्यहाँ धेरै समय टिक्नु भएन । त्यहाँ मैथिली भाषामा समाचार तथा कार्यक्रम सञ्चालनका लागि जानु भएको थियो । जनता टिभीमा मैथिली भाषामा समाचार वाचन गर्ने जानकारी कञ्चना झाबाट पाएपछि स्नेहा त्यसमा जानुभएको थियो ।
उहाँ त्यहाँ गएर मैथिली भाषाका सबै सेटिङ गर्नुभयो । तर मैथिली भाषाको समाचार १२ वजे थियो । त्यो समय उपयुक्त होइन भनि लागेर स्नेहाले मैथिली समाचार बिहान या बेलुका गरौं भनि व्यवस्थापनसँग भनिरहनु भएको थियो तर मानिरहेको थिएन । बिहान ६ वजे नै अफिस जानु पथ्र्यो ।
त्यो समयलाई परिवर्तन गरी दिउँसो ड्युटी दिन पनि उहाँले भन्नुभएको थियो तर नमाने पछि बाध्य भएर जागिर नै छाड्नुभयो । स्नेहा भन्नुहुन्छ, ‘जनता टिभीमा काम गरिरहँदा मैले आफ्नै केही काम सुरु गरौं सोच बन्यो त्यसका लागि मैले बिहानको समय मागेको थिए तर दिएन अनि मैले त्यहाँबाट निस्के ।’

त्यहाँबाट निस्केपछि आफ्नो काम पनि सुरु गर्न सक्नुभएन । लगतै उहाँले नेपाल टपमा काम गर्न थाल्नुभयो । नेपाल टपले युट्युब च्यानल सञ्चालन गर्ने भनि तयारी थालिएको थियो । त्यहाँ प्रोग्राम कोर्डिनेटरको रुपमा कामा गरिरहनु भएको थियो उहाँ । तत्काल युट्युब सञ्चालन नभएको कारण स्नेहाले नेपाल टप अनलाइनलाई पनि सघाई रहनु भएको थियो । त्यहाँ काम गरिरहँदा बीबीसी साझा सबाल कार्यक्रमबाट कामका लागि अफर आयो ।
साझा सबाल मधेश प्रदेश तथा लुम्बनी प्रदेशका लागि पनि लक्षित थियो । भाषाका कारण स्नेहालाई छनौट गरेको थियो । स्नेहा भन्नुहुन्छ, ‘आज म मिडियामा जे जस्तो छु, मैथिली भाषाकै कारण छु, मिडियामा मैले मैथिली भाषाकै कारण स्थान पाउँदै आए र आज यहाँसम्म आइपुगेको छु, मैथिली भाषाको जानकार नभएको भए सायद बीबीसीले मलाई सोध्दैन्थ्यो ।’
बीबीसीमा नौ महिनाका लागि सम्झौता भएको थियो । पछि एक महिना थप गर्यो । १० महिना चलेको थियो । सम्झौताको अवधि सकिएपछि स्नेहा २०७६ कात्तिकमा त्यहाँबाट हट्नुभयो ।
त्यहाँबाट स्नेहाले अझै केही रकम लिन बाँकी नै छन् । लगभग एक वर्ष भन्दा बढी नै त्यहाँ काम गर्नुभयो । त्यहाँ काम गर्दादेखि नै कान्तिपुर टिभीसँग कुराकानी चलिरहेको थियो ।
आमा बनिन् स्नेहा
त्यतिबेला स्नेहाले बच्चा पाउने अवस्था पनि भयो । चैतदेखि लकडाउन पनि सुरुभयो । बच्चा हुने भएपछि उहाँले कुनै काम ज्वाइन गर्नुभएन । पुरै समय घरमै बिताउनुभयो । कुनै प्रकारको तनाब नहोस् भनेर समाजिक सञ्जालदेखि लिएर अन्य समाचारहरुबाट टाढा नै रहनुभयो । अध्यात्मिक च्यानल हेर्नुको साथै पत्रपत्रिका तथा किताब पनि त्यस्तै हेर्नु पढ्नु हुन्थ्यो । उहाँले कुनै कुराको तनाव लिन चाहनु भएको थिएन ।
त्यही बेला नै अनलाइनमार्फत मिथिला लिपी सिक्नुभयो ।
स्नेहाले श्रीमन झालाई जन्म दिनुभयो । लगभग दुई वर्षको ग्यापपछि २०७८ मा अर्थ (भ्ब्च्त्ज्) न्युज टेलिभिजन ज्वाइन गर्नुभयो । रञ्जन झामार्फत त्यहाँ पुग्नुभएको थियो । डेक्स एडिटर तथा न्युज एङ्कर भएर त्यहाँ काम गर्नुभयो । सुरुमा सबै ठिका ठाक नै चलिरहेको थियो । बिस्तारै तलब होल्ड हुन थाल्यो । दुई तीन महिनापछि तलब दिन थाले त्यसमा पनि थोरै थोरै दिन्थ्यो ।
यसरी अप्ठ्यारो हुन थालेपछि स्नेहा झाले त्यहाँबाट काम छाड्नुभयो । त्यहाँबाट स्नेहाले अझै केही रकम लिन बाँकी नै छन् । लगभग एक वर्ष भन्दा बढी नै त्यहाँ काम गर्नुभयो । त्यहाँ काम गर्दादेखि नै कान्तिपुर टिभीसँग कुराकानी चलिरहेको थियो । अर्थ टीभी छाडेपछि ४–५ महिनापछि उहाँले कान्तिपुर ज्वाइन गर्नुभयो । अहिले त्यहाँ दैनिक रुपमा विहान विहान गुडमोर्निङ कार्यक्रम चलाउनु हुन्छ ।
आमा बैदेहीको माया
स्नेहा झा भन्नुहुन्छ, ‘सबैको लागि आमा महत्वपूर्ण नै हो तर मेरो लागि खास हो । हाम्रो लागि आमाले धेरै गुण लगाउनु भएको छ सायद आमाले आँट नगरेको भए हामी काठमाडौँसम्म आउने थिएनौं, हामी भाइ बिहिनीलाई आमाले सम्हाल्नु भयो र अहिलेसम्म सम्हाल्दै आउनुभयो ।’ स्नेहाका एक जना भाइ अनुज झा उनी एउटा बिमा कम्पनीमा काम गरिरहेका छन् भने बहिनी रचना झा एउटा प्राइभेट कन्सल्टेन्सीमा कार्यरत छिन् ।

बुवा घर छाडेर गएरपछि अहिलेसम्म अतोपतो छैन । स्नेहा, अनुज र रचनाका लागि सबै थोक आमा बैदेही नै हुनुहुन्छ । अझै उहाँ काठमाडौँमै डेरा लिएर बसिरहनु भएको छ किन त छोराछोरीका लागि मात्र ।
प्रेम विवाह !
टि टिभीमा एक दिन स्नेहाले समाचार पढी रहनु भएको थियो । त्यसमाथि पुर्णेन्दु झाको नजर पर्यो , तल स्क्रिनमा लेखिएको थियो स्नेहा झा । त्यसपछि पुर्णेन्दुको मनमा लड्डु फुट्न थाल्यो । मनमनै स्नेहालाई आफ्नो लागि रोज्न थाल्नुभयो । पुर्णेन्दुले स्नेहाको बारेमा सर्च गर्नुभयो । सबै ठिकठाक पाएपछि फेसबुकमा फ्राइण्ड रिक्वेस्ट पठाएर जोडिनुभयो ।
स्नेहा विवाद गर्ने मुडमा हुनुहुन्थेन । पहिला पनि उहाँलाई विवाहका लागि प्रस्ताव नआएको होइन । आइएससी पढ्दादेखि नै विवाहको प्रस्ताव आइरहेको थियो ।


तपाईको प्रतिक्रिया