यसको जस माओवादीलाई नै जान्छ । जसले धर्मनिरपेक्ष देश बनाउनका लागि यत्रो लडाई लडे । आज त्यसैको विरोधमा जान सक्दैन । भारत उज्जैनको महाकालेश्वर मन्दिरमा पुजा गर्नु भनेको धर्मनिरपेक्षको विरोधी होइन ।
–रामेश्वर राय यादव
जेठ १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको भ्रमण गर्नुभयो । त्यो भ्रमणको क्रममा ऐतिहासिक सम्झौताहरु गर्नुभयो । तर नेपालमा ती सम्झौताहरु ओझेलमा पारियो । असान्दर्भिक विषयहरुले मात्र चर्चा पाए । प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान र सामूहिक भेटघाटमा गर्नुभएको संवादपछि आएको प्रतिवद्धताहरुको विषयमा कुनै चर्चा भएन ।
जे कुराको त्यहाँ चर्चा पनि भएन ती विषयलाई यहाँ अनावश्यक रुपमा विवादमा ल्याइएको छ । मुर्रा भैसी, प्रधानमन्त्रीसँग छोरीको भ्रमण, गेरुवा वस्त्र धारण गरि महाकालेश्वरको दर्शन जस्ता विषयमा खुब चर्चा भइरहेको छ । जब कि त्यो भ्रमणको एकदमै मामुली कुरा हुन् । रेल यातायता, बिजुली बिक्रि, रेल कनेक्टिभिटी, जलविद्युत आयोजना, डिजिटल पेमेन्टलगायत महत्पूर्ण सम्झौताहरु भए । त्यसको बारेमा कही कतै चर्चा छैन । नेताहरुले समेत फोकटिया कुराहरुमा बहस चलाइ रहेका छन् ।
यदि बहस नै चलाउनु थियो भने सीमाको विषयमा चलाउँदा हुन्थ्यो, बहस नै चलाउनु थियो भने इपीजी प्रतिवेदनको विषयमा चलाउँदा हुन्थ्यो, बहस नै चलाउनु थियो सन् १८५० को सन्धी के भयो त्यसको बसस चलाउँदा हुन्थ्र्यो । तर मामुली कुराहरुमा सांसददेखि सर्वसाधारणले आफ्नो समय खेर फालिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सीमाको विषयमा मुख खोल्नु भएको छ । यसको विषयमा बहस हुनुपथ्र्यो ।
पं्रधानमन्त्री मोदीले बोल्नु भएको कुरा कसरी कार्यान्वयमा आउँछ । त्यसका लागि दबाव बढाउनु पथ्र्यो तर असान्दर्भिक विषय उठाएर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई विवादमा ल्याइएको दिएको छ । भ्रमण त अरु अरु देशमा पनि हुन्छन् तर त्यसको चर्चा पनि हुँदैन तर भारत भ्रमण हुने बित्तिकै केही नकेही विवाद आइहाल्छ । मानौ विवाद भएन भने भ्रमण नै सफल हुँदैन जस्तो । यो विवाद प्रधानमन्त्री प्रचण्डको भ्रमणमा मात्र भएको होइन । नेपालका जुनसुकै प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कुनै नकुनै विषयमा विवाद हुन्छ नै । विवाद यस्तो कि संसदमा बहसको विषय नै बनेका हुन्छ ।
तर यो पूर्वाग्रही सोच हो । देशका प्रधानमन्त्रीले कुनै पनि देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ र हाम्रो परराष्ट्र नीतिले पनि त्यस्तै भन्छ । असंलग्न परराष्ट्र नीति भएपनि हाम्रा छिमेकीहरु उत्तर र दक्षिणसँग सम्बन्ध राम्रो बनाउनुपर्छ । त्यसमा पनि भारतसँग हाम्रो विशेष सम्बन्ध हो यसलाई हामीले स्विकार गर्नैपर्छ । चीनसँग हाम्रो भौगोलिक सम्बन्ध छ, आर्थिक सम्बन्ध छ, राजनीतिक सम्बन्ध छ तर भारतसँग आर्थिक, राजनीतिक र भौगोलिक सम्बन्ध छन् नै त्यसमा पनि साँस्कृतिक, सामाजिक, जनता–जनता बीचको सम्बन्ध तथा बेटीरोटीको सम्बन्ध रहेका छन् । जसलाई विश्वका कुनै तागतले तोड्न सक्दैन ।
हाम्रो भुगोल नै यस्तो छ कि नेपालमा केही भयो भने त्यसको असर भारतमा पर्छ । भारतमा केही भयो भने त्यसको असर नेपालमा पर्छ । भुराजनीतिक सम्बन्ध पनि धेरै नै घनिष्ठ रहेको छ । त्यसैले भारतसँग हाम्रो सम्बन्धको बारेमा अरु देशसँग तुलना गर्न मिल्दैन । भारत भ्रमणको क्रममा जतिसुकै सकारात्मक सम्झौता भएपनि कुनै नकुनै बाहानामा त्यसलाई विरोध गर्ने परम्परा नै बनिसकेको छ । नेताहरुको यो पूर्वाग्रही सोच हो ।
असल छिमेकी
असल छिमेकी पहिचान नै हल्का फल्क नोकझोक हुनु हो । जो जति नजिक हुन्छ, उसैसँग अपेक्षा हुन्छ । अपेक्षा पुरा नहुँदा चित्त दुखाई हुन्छ तर छिमेकी परिवर्तन गर्न सकिदैन । त्यस्तै हो नेपाल भारत बीचको सम्बन्ध । दुई छिमेकीको बीचमा यस्ता कुराहरु हुन्छन् नै । हामी बस्ने घर छिमेकीसँग खुब मिलेका हुन्छौं तर साना साना कुराले विवाद भइरहेका हुन्छन्, तिम्रो बाख्रा मेरो घरमा किन आयो, भैंसी किन खेतमा गयो, मेरा बारीमा पानी किन आयो जस्ता साना साना कुरामा विवाद भइरहेका हुन्छन् । तर फेरि त्यही छिमेकीसँग आत्मीय पनि त्यतिकै हुन्छ । जे भएपनि छिमेकी परिवर्तन गर्न सकिदैन ।
भारत हाम्रो सबभन्दा नजिकको छिमेकी हो । अलिकति ठाकठुक परि नै हाल्छ त्यसलाई अन्यथा लिनु हुँदैन । तर समग्रमा देशलाई त्यसले के घाट, के नफा–नोक्सान भइरहेका छन् त्यो हेर्नुपर्छ । यदि कुनै विवाद छ भने त्यसलाई आपसी सम्झदारीमा समाधान गर्नुपर्छ । पहिलो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोल्नु भएको छ । आपसी समझदारीमा सीमालगायतका समस्या समाधान गर्ने भन्नुभएको छ । सीमा विवाद छ भन्ने स्विकार गर्नु नै ठूलो कुरा हो । यसलाई अब कसरी अगाडि बढाउने त्यसमा लाग्नुपर्छ ।
दुई छिमेकीको बीचमा यस्ता कुराहरु हुन्छन् नै । हामी बस्ने घर छिमेकीसँग खुब मिलेका हुन्छौं तर साना साना कुराले विवाद भइरहेका हुन्छन्, तिम्रो बाख्रा मेरो घरमा किन आयो, भैंसी किन खेतमा गयो, मेरा बारीमा पानी किन आयो जस्ता साना साना कुरामा विवाद भइरहेका हुन्छन् ।
गेरुवा वस्त्र धारण
यो देशमा धर्मनिरपेक्ष ल्याउनका लागि सबभन्दा मेहनत माओवादी केन्द्रले गरेको छ । धर्मनिरपेक्षताको बारेमा कुनै पनि दलले कुरा उठाएका थिएनन् । यसको जस माओवादीलाई नै जान्छ । जसले धर्मनिरपेक्ष देश बनाउनका लागि यत्रो लडाई लडे । आज त्यसैको विरोधमा जान सक्दैन । भारत उज्जैनको महाकालेश्वर मन्दिरमा पुजा गर्नु भनेको धर्मनिरपेक्षको विरोधी होइन । प्रधानमन्त्री प्रचण्डले नेपालका हिन्दुलाई सम्मान दिनु भएको हो । विगतमा यो देश हिन्दु राष्ट्र नेपाल थियो । हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने कामको नेतृत्व प्रधानमन्त्री प्रचण्डले नै गर्नुभएको थियो ।
धर्मनिरपेक्ष भनेको हिन्दु विरोधी, क्रिश्चयन विरोधी, बुद्धिस्ट विरोधी त पक्कै होइन । यसले सबै धर्मलाई सामान व्यवहार गर्छ । प्रचण्ड माओवादी वा कम्युनिष्ट पार्टीको प्रधानमन्त्री होइन, एउटा देशको प्रधामन्त्री हुनुहुन्छ । उहाँले सबै धर्मलाई समान रुपमा हेनुपर्छ । भारतमा गर्नुभएको पूजापाठ प्रधानमन्त्रीको हैसियतमा हो, कम्युनिष्ट पार्टीको अध्यक्षको हैसियतमा होइन । त्यहाँ गएर त्यसरी पूजा गर्नु भनेको हाम्रो लागि पनि गौरबको विषय हो ।
किनभने, नेपालमा रहेका लाखौं हिन्दुहरुको सम्मान हो त्यो । यसमा विवाद गर्ने नानाथरी कुरा गर्ने कुनै कारण नै छैन । उहाँ भारतको मन्दिरमा मात्र होइन, नेपालको पशुपतिमा गएर पनि पुजा गर्नुभएको हो । हिन्दुको सम्मानका लागि त्यो पूजापाठ ठिक थियो । कुनै त्यस्तै अवसर आयो भने अरु धर्मको लागि पनि प्रधानमन्त्री प्रचण्डले पूजा गर्नुहुन्छ ।
अमेरिकाको जुन प्रतिवेदन आएको छ, त्यो पूर्णता पूर्वाग्रही प्रतिवेदन हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनका लागि कहिले आन्दोलन भएन । तर संविधान निर्माण हुँदा खेरी धर्मनिरपेक्षता लागु भयो । धेरै मानिसलाई थाह पनि थिएन, संविधानमा आइसकेपछि मात्र धेरैले थाह पाए । संविधानमा आइसकेपछि कसैले विरोध गरेन सबैलाई माने । धर्मनिरपेक्षता सबैले स्विकार गरेका छन् तर अमेरिकाले नेपालमा हिन्दु राष्ट्रका लागि भारतीय जनता पार्टीले दलहरुमाथि लगानी गरिरहेको आरोप लगाएको छ । नेपाली जनता धर्मनिरपेक्षलाई स्विकार गरिसकेको छ । देशमा कानुन बनिसकेको छ त्यस अवस्थामा अमेरिकाले त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नुको कुनै तुक छैन ।
यो व्यवसायीलाई अझ राम्रो बनाउन मुर्रा जातको राँगोले महत्वपूर्ण भूमिका खेल्ने छ तर नेपालका सांसदहरुले यसलाई मजाकको विषय बनाउनु भएको छ । प्रधानमन्त्रीलाई भैंसीमा चढाएर समाजिक सञ्जालमा पोस्ट गरिएको छ ।


तपाईको प्रतिक्रिया