पत्रकार महासंघसँग स्पष्टीकरण माग

नेपाल पत्रकार महासंघ, सिरहा शाखालाइ सात दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले पत्राचार गरेको छ । जेठ ३२ गते बसेको आयोगको इजलासले सूचना उपलब्ध नगराउनु पर्ने आधार, प्रमाण र कारणसहित सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा १० को उपदफा २ बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।
नेपाल पत्रकार महासघ, सिरहा शाखाका सदस्य समेत रहेका सिरहा गोलबजारका गोबिन्द बहादुर बिष्टले नेपालको संबिधान, २०७२ को धारा २७ र सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी सिरहा पत्रकार महासंघसँग बैशाख ९ गते सूचना माग गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ, सिरहाका सूचना अधिकारीले माग गरिएको सूचना उपलब्ध नगराएपछि बैशाख २९ मा कार्यालय प्रमुखको नाममा उजुरी दिनुभएको थिया । उजुरीपछि पनि सूचना नपाएपछि जेठ २९ राष्ट्रिय सूचना आयोगमा पुनराबेदन गरेपछि आयोगले लिखित जवाफ माग गरेको सूचना अभियान बिष्टले बताउनुभयो ।
बिष्टले सिरहा पत्रकार महासंघको सिरहामा रहेको कार्यालय भाडामा लगाउँदा सिरहा नगरपालिकासँग गरेको सम्झौता भाडावापतको रकम कुन बैकको कति न खातामा जम्मा हुन्छ र ती रकम केमा खर्च हुन्छ । कार्यालय सञ्चालनमा लाग्ने खर्च कसले ब्यहोर्छ लगायतका सूचना माग गरेको हो ।
यसैबीच सिरहाको बिष्णुपुरवाट प्रकाशन भइरहेको मिथिला रत्न पत्रिकाले सूचना उपलब्ध न गराएपछि आयोगले ती पत्रिकाको कार्यालयसँग पनि स्पष्टीकरण माग गरेको हो । सूचना नदिनुपर्ने कारण, आधार र प्रमाण सहित सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । सिरहा भगवानपुर २ का महेश कुमार यादवले मिथिला रत्न दैनिक पत्रिकाको लेखापरीक्षण प्रतिबेदन सम्पादकको शैक्षिक योग्यता, कार्यरत जनशक्तिको नामावली विवरण, पाउने पारिश्रमिक २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ मा बिज्ञापनवापत बुझेको रकम र तिरेको राजस्वको प्रमाण माग गरेको हो ।

तपाईको प्रतिक्रिया