काठमाडौँ असार २५ गते । राष्ट्रिय एकता अभियानको कमिटी विघटन गरी विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन गरेको छ ।
विनय यादव यसअघि अभियानका अध्यक्ष हुनुहुन्थ्यो । आइतबार राजधानीमा सम्पन्न अभियानको बैठकले समिति विघटन गरी सम्मेलन आयोजक समिति गठन गरेको संयोजक यादवले बताउनुभयो । समितिको महासचिवमा डा. प्रभात कुमार कुशवाहा रहनु भएको छ ।
बत्तिसपुतलीमा सम्पन्न भएको बैठकले अभियानलाई राजनीतिक संगठनको रूप परिवर्तन गर्ने निष्कर्षसहित हालको केन्द्रिय तहको अनौपचारिक संरचना विघटन गर्ने निर्णय गरेको हो । औपचारिक केन्द्रिय समिती गठनका लागि अभियानका साधारण सदस्यहरूलगायत सबै सदस्यहरूको सहभागीतामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको छ ।
६ महिनाभित्र सम्मेलन आयोजना गर्ने र परिस्थितीजन्य कारणले आवश्यक परे ३ महिनासम्म मिति सार्न सकिने जनाईएको छ । सम्मेलनको मिती र स्थान आयोजन समितीले तोक्नेछ ।
अभियानको अवधारणा पत्रको आधारमा संगठनको विधान तथा नियमावली तयार गर्नका संविधानसभा सदस्य बीपी यादवको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा उप–समिती गठन गरिएको छ ।
बैठकले अभियानको स्थापनामा विशेष भूमिका निर्वाह गरेका विनय यादव, निवर्तमान उपाध्यक्ष सुनिता साह तथा मुख्य अभियन्ताहरु मनिष पुर्वे, विवेक कुशवाहा, कृष्ण साह, बोधनारायण यादवलगायतलाई विशेष सम्मान दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया