पार्टी गठन भएको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो सांगठनिक संरचना बनाउने गृहकार्यमा लागेको छ । कार्यकारिणी समितिबाट सञ्चालन भइरहेको लोसपाको केन्द्रीय समितिलगायत अन्य संगठन तथा भातृसंगठनको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले शीर्ष नेताहरुसँग सुझाव लिइरहनु भएको छ ।
पार्टीको अन्तरिम विधान अनुसार कुनै संरचना बनेको छैन । पार्टी दर्ता गराउने बेला कार्यकारिणी समितिको नाम दिएको थियो । त्यही समितिको आधारमा काम भइरहेको छ । लोसपाका कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णले पार्टीको सांगठनिक संरचना बनाउन निकै ढिलो भइसक्यो, त्यसले राजनीतिक जीवनमा निकै घाटा पुर्याएको छ अब पनि ढिलो गर्यो भने अगामी दिनमा यो भन्दा बढ्ता हालत खराब हुने बताउनुभयो ।
यसरीअघि नै केन्द्रिय समितिको नामावली तयार भइसकेका छन् त्यसैलाई केही तलमाथि गरी अन्तरिम रुप दिइ यहिं महिनाभित्र सबै संरचना निर्माण गरी सार्वजनिक गरिने तयारमा अध्यक्ष ठाकुर रहनु भएको छ । लोसपाको विधान अनुसार ४०१ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यति नै राख्ने कि कम गर्ने राय सुझाव पनि आएको कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो । जसपाबाट अलग भएपछि बनेको अन्तरिम विधानमा ४०१ सदस्यी केन्द्रीय कार्यसमिति बनाउने उल्लेख छ तर अब त्यति नै बनाउने कि त्यो भन्दा कम गर्ने त्यस विषयमा छलफल भइरहेको बताउँदै उहाँले कसैले २५१, कसैले ३०१, ३५० सदस्यी केन्द्रिय कमिटिी हुनुपर्ने सुझाव आएको छ, त्यसको बारेम थप छलफल गर्ने बताउनुभयो । लोसपाका नेता सुरेन्द्र झाले पार्टीको सर्व शक्तिमान निकाय कार्यकारिणी समिति नै हो, सो समितिलाई संविधान संशोधन गर्ने अधिकार पनि रहेको छ, आवश्यक परे संशोधन गर्न सकिने बताउनुभयो
तपाईको प्रतिक्रिया