उपेन्द्र यादवसँग चुनाव लडेका शिवचन्द्र कुशवाहलाई जनमतले पार्टीबाट गर्यो निष्काशन
४ श्रावण २०८०, बिहीबार ०९:३९
काठमाडौँ साउन ४ गते । जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई पार्टीबाट निष्काशन गरेको छ । अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वको विरुद्धमा लागेको भन्दै पार्टीको अनुशासन समितिले कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कशन गरेको पार्टीका उपाध्यक्ष एवं अनुशासन समितिका प्रमुख दीपकुमार साहले बताउनुभयो ।
साउन ३ गते बसेको अनुशासन समितिको बैठकले पार्टीको नीति निर्देशन तथा विधान विपरित कार्य गरेको भन्दै पाँचजनालाई कारवाही गरेको छ ।
पार्टिको नेतृत्व विरुद्ध लागेको भन्दै बाराका शिवचन्द्र कुशवाहालाई कारवाही गरेको छ । माओवादी पार्टीबाट चुनावको समयमा जनमत पार्टीमा प्रवेश गरी बैशाख ४ गते भएको उपनिर्वाचनमा बारा–२ बाट चुनाव लड्नु भएका कुशवाहा तीन महिना पनि त्यहाँ टिक्न सक्नुभएन । जसपाका अध्यक्ष उपेन्द्र यादवबाट चुनाव हारेपछि उनी पार्टीको हितविपरित जथाभावी अभिव्यक्ति दिन थाल्नु भएको थियो ।
त्यस्तै, सप्तरीकै शंकर खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उहाँलाई पनि एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ ।
सचिवालय सदस्य समेत रहेका भोपेन्द्र यादव (रुपेन्देही)ले पार्टीको केन्द्रीय निर्देशन उल्लघंन गरेको भन्दै उहाँलाई पनि केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरेको छ भने कपिलवस्तुका भगवान दास यादवलाई पनि पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ ।
तपाईको प्रतिक्रिया