Khadya Bibhag

प्रचण्ड शोकमा भएको बेला पार्टीभित्र हुँदैछ यस्तो खेल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का श्रीमती सीता दाहालको निधन भएको छ । प्रधानमन्त्री समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शोकमा हुुनुहुन्छ । सीता दाहाललाई श्रद्धाञ्जली तथा शोकसन्तव्य परिवारलाई संवेदना प्रकट गर्न दिनका दिन शुभचिन्तकहरु बालुवाटार पुगिरहेका छन् । प्रचण्ड शोकमा भएको बेला पनि पार्टीभित्र खेलहरु भइरहेका छन् । पार्टीभित्र दुई किनारमा रहनु भएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन मिल्नुभएको छ । यी दुई शक्ति कसरी मिले, सबैलाई आश्चर्य लागि रहेको छ । पार्टीभित्र पावरसेयरिङका लागि जनार्दन र वर्षमानबीच प्रतिस्पर्धा थियो ।

पार्टीको महाधिवेशनमा दुवैजना महासचिवका दावेदार हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डले दुवै जनामध्ये एक जनालाई महासचिव बनाउन चाहनु भएको थियो । तर दुवै जनामध्ये कोही पनि पछाडी हट्न मान्नु भएन । अध्यक्ष प्रचण्डले बाध्य भएर देव गुरुङ्गलाई महासचिव बनाउनु भएको थियो । तैपनि यी दुई जनाको बीचमा विवाद अन्त्य भएको थिएन । दुवै जनाका बीचमा बोलचाल नै बन्द भएको थियो तर पार्टीभित्र आआफ्नो शक्तिको एक्सरसाइज गरिरहनु भएको थियो ।

पार्टीमा को शक्तिशाली हुने प्रतिस्पर्धा दुवै जनामा चलिरहेको थियो । प्रचण्डपछिको नेता आफू रहेको भनि दुवै जनाले देखाउन खोज्नुभयो । यी दुवै जनाको प्रतिस्पर्धा देखेर प्रधानमन्त्री प्रचण्डले कृष्णबहादुर महरालाई अगाडि सार्नुभयो । जनार्दन र वर्षमानलाई बिना सोधखोज गरी प्रचण्डले कृष्णबहादुर महरालाई सक्रिय बनाउनुभयो । आफूपछिको नेता कृष्णबहादुर महरा रहेको झझल्को दिने गरी प्रचण्ड अगाडि बढ्नुभयो । जुनकुरा जनार्दन शर्मालाई मन परेको थिएन । पार्टीभित्र जनार्दन र वर्षमान पुनको प्रतिस्पर्धा कायम नै रह्यो । यसमा महासचिव गुरुङले कुनै भूमिका देखाउन सक्नु भएका थिएन । पार्टी र संगठनका लागि महासचिवको जे भूमिका हुनुपर्ने त्यो गुरुङले नदेखाए पछि उपाध्यक्ष कृष्णबहादुर महाराले नेकपाका महासचिव विप्लवलाई पार्टीमा ल्याउने पहल गर्नुभयो ।

महराले त्यसका लागि पटक पटक वार्ता नै गर्नुभयो । पार्टी एकीकरणका लागि विप्लव लगभग तयार नै हुनुभयो तर जनार्दन र वर्षमानले त्यसलाई भित्रैबाट असहयोग गरेपछि त्यो सफल भएन । उपाध्यक्ष महराले विप्लवलाई पार्टीमा ल्याएर महासचिव बनाउने सोच बनाउनुभएको थियो । तर एकीकरण हुनसकेन । एकीकरण हुन नसकेपछि महराले समाजवादी मोर्चामार्फत पार्टीको नजिक ल्याउनुभयो । मोर्चा बनेपछि पार्टी एकीकरण गर्न समस्या नहुनेमा उपाध्यक्ष महरा लागि पर्नुभएको छ । तर त्यसलाई जनार्दन र वर्षमानले रुचाई रहनुभएको छैन ।

प्रधानमन्त्री प्रचण्ड र उपाध्यक्ष महराले विप्लवलाई ल्याएर पार्टीमा शक्तिशाली नेता बनाउने भएपछि जनार्दन शर्मा र वर्षमान पुन आपसमा मिल्न बाध्य हुनुभएको हो । माओवादीबाट अलग भएको ११ वर्षपछि विप्लवलाई प्रधानमन्त्री प्रचण्ड र कृष्णबहादुर महाराले महत्व दिन थालेपछि जनार्दन र वर्षमान झस्किनु भएको हो ।

हालै किर्तिपुरमा सम्पन्न एउटा कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले भन्नुभएको थियो, ‘हामीले प्रचण्ड कमरेडलाई लामो समयदेखि साथ दिँदै आएका छौँ । भोली पनि हामीले नै साथ दिने हो । हामीप्रति भरोसा भएको देखिएन, अर्कै पार्टीका नेताबाट केही हुनेवाला छैन । आफ्नै साथीहरुको भर पर्दा राम्रो हुन्छ ।’ यता, अर्का महासचिव वर्षमान पुनले विप्लवलाई रोक्न होइन, पार्टीको हितमा आफू मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पहिला पनि मिलेकै थियौं, बीचमा केही मिसअन्डरस्ट्याण्डिङ भएपछि अलग जस्तो देखिएको थियो अहिले हामी पार्टीको हितका लागि एकजुट भएर लागेका छौं ।’ यसरी जनार्दन र वर्षमान एक भएपछि कृष्णबहादुर महरा झस्किनुभएको छ ।

तपाईको प्रतिक्रिया