Khadya Bibhag

जसपाले फेर्यो आफ्नो झण्डा र लोगो

काठमाडौँ साउन ४ गते । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको छ ।
असार १० गतदेखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो । त्यसमा छलफल हुँदा आएको सुझावका आधारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको एक समितिले विधानलाई अन्तिम रुप दिइ त्यसलाई आज प्रमाणिकर गरेको छ । प्रमाण्किरण गरिएको विधानअनुसार पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ ।
यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रंगको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठ्ठी सहितको हात राखिएको छ ।
समितिले प्रमाणिकरण गरेको छ । निर्वाचन आयोगमा बुझाउन बाँकी रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया