Khadya Bibhag

किन उठ्यो मुस्लिम आयोग खारेजको माग ?

काठमाडौं साउन ६ गते । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर्न माग गरेको छ । अभियानले शुक्रवार एक कार्यक्रमको आयोजना गरी मुस्लिम आयोगले नेपाललाई जिहादीको अखाडा बनाउन लागि परेको आरोप लगाउँदै त्यसलाई खारेज गर्न माग गरेको छ ।
अभियानले भनेको छ, ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’ वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर ।’ कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने माग अभियानले गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद किरण साहले मुस्लिम आयोग खारेजभन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउनेतिर लाग्नुपर्ने सुझाव दिनुभएको थियो ।
रौतहटबाट स्वतन्त्र चुनाव जित्नु भएका किरण एमालेमा प्रवेश गर्नुभएको मछ । नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि हिन्दू आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालमा हिन्दू, बौद्ध, किराँत लगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्छ ।’
सोही कार्यक्रममा पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरुप्रति अन्याय भएको जिकिर गर्दै उहाँले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधानसभाका सदस्य बीपी यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाउनुभयो । अभियानका वरिष्ठ नेता समेत रहनु भएका उहाँले मुस्लिम आयोग खारेज गर्नैपर्ने माग राख्नुभयो । उहाँले भन्नुभयो, मुस्लिम आयोग खारेजीका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु राख्नुपर्ने हुन्छ ।’
अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गर्नुभयो । विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै उहाँले ‘मुस्लिम आयोगको नाममा खुल्लेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’
मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाउँदै उहाँले यसको खारेजी आपरिहार्य रहेको नत्र यो देश जिहादीको कब्जामा जाने निश्चित रहेको बताउनुभयो । यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डॉ श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया