सय किलो सुन काण्डमा सानालाई समातेर ठूलालाई उन्मुक्ति दिनुहुँदैन–संजय यादव
४ श्रावण २०८०, बिहीबार १३:३४
काठमाडौँ साउन ४ गते । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद गरेको एकसय किलोग्राम भन्दा बढीको अवैध सुन प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । त्यसको बारेमा थप अध्ययन भइरहेको छ । सो सुन हङकङबाट ल्याइएको थियो ।
राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेपछि अहिले देशमा सुनको मात्र चर्चा भइरहेको छ ।
एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि पक्राउ गर्न सफल भएको छ । विभागले सुनसँग जोडिएको अन्य कनेक्सनको बारे अनुसन्धान गरिरहेको छ ।
त्यसका लागि विभागले भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
सुनकाण्डमा मुछिएका कोही पनि पन्छिन नहुने सबैतिरबाट अवाज उठिरहेको छ । लोसपाका युवा नेता संजय यादवले अहिले नेपाललाई ट्रान्जिट बनाएर चीन, हङ्कङलगायत विभिन्न देशबाट सुन तस्करी गरी भारतलगायत विभिन्न देशमा पठाइरहेको समाचार बाहिर आइरहेका छन्, त्यसले नेपाल बदनाम हुन्छ नै आर्थिक रुपले पनि कमजोर हुँदै जाने बताए ।
यसअघि पनि ३३ किलो सुन समातिएको थियो थियो तर त्यसलाई खासै कारवाही भएन, त्यो घटनालाई त्यतिकै घुपचुप राख्यो, त्यसले तस्करहरुमा मनोबल बढ्यो र एक क्विन्टल सुन बरामद भएको उनले बताए ।
यसमा साना कर्मचारी मात्र दोषी होइन, जाडासम्म पुग्यो भने देशकै ठूला ठूला व्यक्तिको नाम बाहिर आउनसक्ने उनले आँकलन गरे । उनले भने, ‘यसअघिको एउटा सुन कारोवारमा माओवादका उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि मुछिएर आएको छ, त्यो कुरा बाहिर आएको दुई तीन दिनमै यो मात्राको सुन बरामद भएको हो यो संयोग मात्र होइन, यसमा जडैसम्म निष्पक्ष छानविन हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया