Khadya Bibhag

राजकुमारको सोहजन आन्दोलन

सर्लाही, साउन ६ गते । सर्लाहीको चनद्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सोहिजन आन्दोलनको शुभारम्भ गर्नुभएको छ । असार ३१ गते एक कार्यक्रमका बीच चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले सो आन्दोलनको घोषणा गर्नुभएको हो ।

अध्यक्ष महतोले सर्लाहीको चनद्रनगर गाउँपालिकामा किसानहरुको आर्थिक वृद्धीको लागि सोहजन आन्दोलनको घोषणा गर्नुभएको छ ।


विभिन्न समाजिक अभियान सञ्चालन गरिसक्नु भएका अध्यक्ष महतोले भन्नुभयो, ‘देशैभरीमा विभिन्न अधिकार प्राप्तीको लागि नेपाल नागरीकहरु विगतदेखि आन्दोलन गर्दै आइरहेका छन्, हालसम्मका आन्दोलन राजनैतिक तथा हक अधिकार प्राप्तिका लागि भएको हो तर तर सर्लाहीमा पहिलो पटक सोहजन आन्दोलन हुन गइरहेको छ ।’

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सोहजन खेतीको अवधारणा ल्याई किसानहरुको आम्दानी बढाएर चन्द्रनगरमा मात्र नभएर तराईका २२ जिल्लामा सोहजन आन्दोलन सुरु गराउने उहाँले बताउनुभयो ।

 

‘सम्मानित जीवन समृद्ध चन्द्रनगर’ नारा दिई चन्द्रनगरबाट सोहजन आन्दोलन सुरु भई तराई मधेशका जिल्लाहरुमा समेत यो आन्दोलन तीब्र गतिमा फैलिने चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समुद्धिको लागि बहुउपयोगी बिरुवा हो । सोहजनलाई अंग्रेजीमा मोरिंगा ओलियफेरा भन्निछ । सोहजन खेतीबाट चन्द्रनगरका किसानहरुले आर्थिक लाभ लिएर चन्द्रनगरलाई समृद्ध बनाउने र यो खेती आन्दोलनको रुप लने विश्वास आफूले गरेको उहाँले बताउनु भयो ।

चन्द्रनगरमा सोहजन खेती गरेर सोहजन उधोग तथा अनुसन्धान केन्द्र खोलेर गाउँपालिकालाई समृद्ध बनाउने अध्यक्ष महतोले बताउनुभयो । उहाँले चन्द्रनगरमा सोहजनको पातको चुर्ण, फेसवास, सावुन, तथा विभिन्न औषधीहरु उत्पादन तथा प्रशोधन गरी उधोग मार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारिकरण गरी चन्द्रनगरलाई समृद्धीको दिशा तर्फ लगिने बताउनुभयो ।

अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकाबाट सोहजन खेतीको आन्दोलन गरि तराई मधेसका २२ जिल्लामा सोहजन खेती गर्न आन्दोलन गरिने बताउनुभयो ।


नेपालको पहाडी तथा हिमाली भेगमा पानी, जडिबुटीले त्यो क्षेत्र विकास गर्न सकिन्छ तर मधेशमा प्रकृतिले ठूलो उपहार दिएको छ, मधेशको हावा पानी, मौसममा मात्र सोहजनको बिरुवा हुर्किने भएकोले सिङ्गो मधेशलाई नै उन्नतीको दिशामा लग्न सकिने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

सोहजनको बारेमा धेरै पुस्तहरु लेखिएको छ, देश बिदेशमा पनि सोहजनको फल,बिउ, पात,तेल तथा डाठहरुको माग बढेको छ, भारतबाट पश्चिमा देशहरुले सोहजन आयात गर्ने गर्छन, नेपालमै सोहजनको पर्याप्त मात्रमा उत्पादन भएपछि विदेशमा निर्यात गरेर हामी आर्थिक लाभ लिन सक्ने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

सोहजनमा ९२ किसिमको पोषक तत्व हुन्छ, यसले कुपोषण अन्तय गर्दछ । क्यान्सर रोग,मधुमेह रोग, कोलस्टोरल,डम रोग, लगायत ३ सय रोगको रोकथाम तथा उपचार सोहजनको फलफूल, बिउ, डाढ, पातले गर्ने गरेको अध्यक्ष महतोले बताउनुभयो ।
सोहजनले वतावरण पनि स्वच्छ बनाउने गरेको छ यसले अत्यधिक मात्रा करिब ८ किलो एउटा बोटले दैनिक अक्सिजन दिने गरेकोले पनि हरेक व्यक्तिको लागि सोजनको बिरुवा उपयुक्त हुने अध्यक्ष महतोले बताउनुभयो । बोटविरुवाको क्षतिले जलवायु परिवर्तन भैरहेको छ। वतावरण संरक्षणको लागि पनि सोहजन खेतीमय हामीले बनाउनुपर्ने अध्यक्ष महतोले बताउनुभयो ।

सोहजन खेतीका विज्ञ देवनारायण मण्डलले सोहजन आम्दानीको हिसाबले किसानको लागि उतम भएको बताउनुभयो ।

एक कठ्ठामा ४४ वटा विरुवा ८÷८ फिटको दुरीमा रोप्दा सोहजन खेतीबाट राम्रो आम्दानी लिन सकिने मण्डलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया