काठमाडौं साउन १५ गते । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । सोमबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक सामारोहमा माओवादी केन्द्रका अम्बिका कुमारी बिश्वकर्मा, श्रीनारायण बिश्वकर्मा लगायतका नेताहरु जसपा प्रवेश गरेका हुन् ।
जसपा नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले नवप्रवेशी नेताहरुलाई खादामाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । धनुषाधामको भिमानमा स्थायी घर भएकी अम्बिका विश्वकर्मा यसअघि माओवादी केन्द्रबाट धनुषामा उपमेयर र प्रदेश सभाको समानुपातिक सांसद उम्मेदबार रहेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा जसपाको तर्फबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, जसपाका संघीय सांसद दिपक कार्की, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, बुद्धिजीवि पेशाकर्मी महासंघका केन्द्रीय अध्यक्ष सीताराम साह लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया