Khadya Bibhag

बालुवाटार र धुम्बाराहीको छलफलपछि गच्छदार कहाँ गायब ?

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा काँग्रेसका केन्द्रीय सदस्य एर्व पूर्व मन्त्री विजय गच्छदारविरुद्ध साउन २२ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएकै दिन नेता गच्छदार विराटनगर हुँदै काठमाडौँ आउनु भएको थियो । काठमाडौँको एयरपोर्टमा ओर्लिनु भएका नेता गच्छदार त्यहाँबाट सिधै धुम्बराहीस्थित काँग्रेसका सभापति शेरबहादुर देउवाका निवास पुग्नुभएको थियो ।
त्यहाँ पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको बारेमा गुनासो गर्नुभएको थियो । काँग्रेसको सहयोगमा बनेको यो सरकारले के गरिरहेको छ, पार्टीले यसको विषयमा बोल्ने कि नबोल्ने भनि उहाँले गुनासो गर्नुभएको थियो । पार्टी यसरी चुपचाप बस्ने हो भने काँग्रेस पार्टी समाप्त हुने नेता गच्छदारको चिन्ता थियो ।
त्यसपछि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले के गरिरहनु भएको छ केही थाह हुँदैन, अहिले भइरहेका विभिन्न कारवाहीको बारेमा प्रधानमन्त्रीलाई सोध्दा आफूलाई कुनै जानकारी नरहेको भनि टार्दै आउनु भएको कुरा राख्नुभएको थियो । उहाँले चिन्ता नगर्नु आफूले यस विषयमा प्रधानमन्त्री प्रचण्डा र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्ने भनि आश्वास्त पार्नुभएको थियो । पक्राउ पूर्जी काटेको छ, प्रहरीमा उपस्थित हुने कि नहुने भनि जिज्ञासा राख्दा सभापति देउवाले केही समय पख्नु भनि जवाफ दिएको धुम्बाराही स्रोतले जनाएको छ ।
नेता गच्छदार धुम्बाराहीबाट निस्केपछि सभापति देउवा सिधै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । आफ्ना सहयोगी समेत नलिइकन बालुवाटार पुगेर प्रचण्ड समक्ष उहाँले गुनासो गर्नुभएको थियो । बालुवाटार स्रोतका अनुसार सभापति देउवाले यसरी त हाम्रो पार्टी सिधिन्छ यार यो के गर्नुभएको भनि सोध्नु भएको थियो ।
त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, ‘के भएको छ मलाई म पनि थाह भएन के भएको छ म पनि बुझ्छु है ।’ त्यही दिन सभापति देउवाले गृहमन्त्री श्रेष्ठसँग पनि भेट्न खोज्नु भएको थियो तर त्यो सम्भव भएन । त्यसपछि देउवाले साउन २६ गते आफ्नै निवासमा बोलाएर गृह प्रशासनले यो के गरिरहेको छ भनि सोधपुछ गर्नुभएको थियो ।
गच्छदारको नाममा पक्राउ पूर्जी काटिएको छ, प्रहरीको खोजीको सूचीमा गच्छदारको नाम छ तर पक्राउ परिरहेको छैन । धुम्बाराही र बालुवाटारमा के खिचरी पाक्यो जसले गच्छदार पक्राउ परिरहेको छैन प्रहरीका तल्लो दर्जाका प्रहरीले टिप्पणी गरिरहेका छन् । उनीहरु भन्छन्, ‘हामी गच्छदारलाई खोजी रहेका छौं तर फेल परेको छैन ।’
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित अन्य पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री हुनुहुन्थ्यो । २०६७ असारमा मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाउनु भएको थियो ।
राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गर्नुभएको थियो । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर तत्कालिन मन्त्री गच्छदार कहाँ पेस गर्नुभएको थियो । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लग्नुभएको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
२०२७ सालदेखि लगातार काँग्रेस पार्टीमा लाग्नुभएका गच्छदार सो पार्टीमा ‘क्रान्तिकारी’ नेताको रूपमा पनि चिनिनु हुन्थ्यो । जतिबेला उहाँ पार्टीमा गिरिजा प्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवासम्मको सामु खरो नेता हुनुहुन्थ्यो । त्यसैले काँग्रेसमा पनि उहाँले राम्रैसँग शक्तिको प्रयोग गर्नुभयो ।
२०२७ सालमा उहाँ मोरङ कलेजका विद्यार्थी नेता हुनुहुन्थ्यो । नेवि संघको प्रमुख व्यक्तिका रूपमा परिचित त्यतिबेला गच्छदारले तत्कालीन काँग्रेस नेता हरि न्यौपानेका साथमा राजनीतिक गर्नुभएको थियो । २०३१ सालमा विमान अपहरण हुँदा त्यसमा मुछिनु भएका गच्छदारलाई भारतमा भूमिगत हुनुपरेको थियो । उहाँमाथि विभिन्न आरोप लगाएर नेपाल प्रहरीले वान्टेड जारी गरेको थियो । तर पक्राउ गर्न सफल भएको भएको थिएन ।
२०३६ सालमा जनमत संग्रहमा भाग लिन नेपाल आउनु भएको गच्छदार २०३९ सालमा भएको एउटा गोली काण्ड भएको थियो त्यसमा उहाँ मुछिनु भएको थियो । त्यसमा उहाँ पक्राउ पर्नुभएको थियो । उहाँमाथि ज्यान मुद्दा चलेको थियो । २०४२ मा जेलबाट रिहा भएपछि पार्टीको काममा सक्रिय हुनुभएको थियो । २०४६ सालको परिवर्तनपछि २०४८ सालमा उहाँ चुनाव जित्नुभयो । २०५९ सालमा काँग्रेस विभाजित हुँदा उहाँ शेरबहादुर देउवाले गठन गर्नुभएको काँग्रेस (प्रजातान्त्रिक) मा लाग्नुभएको थियो । पछि काँग्रेससँग एकता भयो तर उहाँ सो पार्टीमा लामो समय रहनसक्नु भएन ।
मधेश आन्दोलनको समयमा तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभयो तर त्यहाँ पनि उहाँ टिक्न सक्नुभएन । पार्टी विभाजन गरेर अलग हुनुभयो तर आफ्नो पार्टी पनि लामो समय चलाउन सक्नु भएन काँग्रेसमा प्रवेश गर्नुभयो । काँग्रेस पार्टीमा प्रवेश गरेपनि उहाँलाई समयले साथ दिइरहेको छैन । विभिन्न लफडाहरु सहदै आउनुभएको छ । अहिले ललिता निवास काण्डमा उहाँ प्रहरीको ‘वान्टेड’ मा पर्नुभएको छ ।
(भदौं १ गतेको सहारा टाइम्सबाट)

तपाईको प्रतिक्रिया