–अनन्त अनुराग
नेपालको संविधान जारी भएको २०७२ असोज ३ गतेको दिनलाई मधेशमा कालो दिवसको रुपमा मनाउने गरेका छन् । दलका नेताहरुले असोज ३ लाई संविधान दिवस कर्मकाण्डी रुपमा मनाए पनि आम मधेशी जनताले सो दिनलाई वास्तविक रुपमै कालो दिनको रुपमा स्मरण गर्ने गरेको र मनाउने गरेका छन् । देशको मुख्य कानुन संविधान हुन्छ, त्यसलाई मधेशी जनताले आठ वर्षदेखि अस्विकार गर्दै संविधान निर्माण भएको दिनलाई कालो दिनको रुपमा मनाउनुको पछाडी २०७२ असोज ३ गतेको दिनलाई सिनेमाको रिल झै पछि फर्केर हेर्नुपर्छ ।
संविधान जारी गर्न शीर्ष दलहरुको बीच एकपक्षीय सहमति गरेर लोकतान्त्रिक मूल्य, मान्यता र संविधान लेखनका लागि तय गरिएका विधि पद्धतिलाई नजर अन्दाज गरेर जसरी पनि असोज ३ मा संविधान घोषणा गर्नु नै थियो र गर्यो पनि । तत्कालिन संविधानसभाका सदस्य स्वर्गीय सुवास नेम्वाङ्गले संविधानको दफावार छलफललाई तिलाञ्जली दिएर एकमुष्ठ रुपमा पास र फेलको राम्रै नाटक मञ्चन गर्नु भएको थियो । हुनतः स्वर्गीय नेम्वाङ्ग देशका अन्य भुभागका जनताका लागि राम्रै पात्र हुनुहुन्थ्यो होला तर मधेश र मधेशी जनताका लागि उहाँलाई एक खलपात्रको रुपमा सधैं सम्झि रहनेछन् ।
संविधान लेखन र घोषणा गर्ने विषयमा उहाँ जति दोषी थिए, त्यसभन्दा बढी नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मोओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि कम दोषी हुनुहुन्थेन । उहाँहरुले नै संविधान निर्माण फास्ट ट्रयाकमा गर्ने म्याण्डेट दिनुभएको थियो । त्यसमा मिसिन पुग्नुभयो तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार ।
असोज ३ का दिन यता काठमाडौंको सडक र गलीमा संविधान दिवसको रंगारंग चलि रहेको बेला मधेशमा प्रहरीको गोली चलिरहेको थियो । निर्दोष मधेशी जनतामाथि पूर्वदेखि पश्चिमसम्म हरेक सहरमा निस्केको असन्तुष्टमाथि राज्यले गोली बर्साई रहेका थिए । मधेशमा निष्पट अन्धकारमय थियो । मधेशी जन आहत थिए, मधेशका युवा आक्रोसित थिए, मधेशका महिला घरमा त्रसित थिए, मधेशका बृद्ध, बालबालिका सबै के होला भनेर त्राहेमामको अवस्था राज्यले सृजना गरेका थिए ।
मधेशको जनमतको बलमा राजनीति गर्नेहरुले ३६४ दिन संविधानका धारा उपधारा टेकेर सत्ताको चास्नीमा निथु्रकै भिजेर मज्जा लुटने र असोज ३ आउनु एक दिन अगावै ‘कालो दिवस’ को ओठे कुरा गर्ने,


तपाईको प्रतिक्रिया