Khadya Bibhag

तीन महिने अभियानः अग्नी परीक्षामा माओवादी

–अरविन्द यादव
माओवादी केन्द्रका नेतृत्व पक्षले आफ्नो कार्यशैली, व्यवहार र आचरणमा सुधार नल्याएसम्म जस्तोसुकै अभियान चलाए पनि त्यसले फाइदा गर्दैन । माओवादी केन्द्रले अहिले आफूलाई रुपान्तरण गर्नका लागि जनतासँग माओवादी वडा तहदेखि नै तीन महिने विशेष अभियान सञ्चालन गरिरहेको छ । पार्टीका हरेक केन्द्रीय सदस्य वडा तहबाट पार्टीलाई सुदृढीकरणका लागि क्रियाशिल भएका छन् । ती केन्द्रीय सदस्यहरुलाई आफ्नो वडामा खटाइएको थियो । फरक फरक वडामा खाइएको छ । कुनै कुनै नेताको जिल्ला नै फरक गरेका छन् भने कतिपयको प्रदेश पनि फरक गरेको छ ।
जनजनमा माओवादी, घरघरमा माओवादी नाराका साथ माओवादीहरु अहिले जनताको घरघर–जनजन पुग्ने पुग्ने प्रयास गरिरहेका छन् । प्रयास सह्रानीय हो तर माओवादीलाई रुपान्तरण गर्नका लागि सो दलका नेताहरु नै पहिला आफूमा रुपान्तरण गर्नुपर्छ अनि मात्र यो अभियान सफल हुने देखिन्छ । माओवादी नेताहरुको चाल व्यवहार र आचरण उही छन् तर अरुलाई सुधार गर्नका लागि उनीहरु घरघर पुगिरहेका छन् ।
माओवादी केन्द्रका नेताहरु जनजनको घरघरमा पुगेपछि जनताले माओवादी केन्द्र सुध्रिने, माओवादी नेताहरु आफूलाई रुपान्तरण गर्नेछन् भनि त्यसको आधार के हो भनेर प्रश्न गर्न थालेका छन् । ‘विगतमा हामीले जे गर्यौं, गर्यौं अब हामी सुध्रिएर आएका छौं, अब जनताको दुखसुखमा साथ दिने र जनतासँगै बस्ने आश्वासन नेताहरुले दिइरहेका छन्’ तर जनताले त्यसमाथि विश्वास गर्ने आधार खोजिरहेका छन् । विगतमा माओवादीले यस्ता अभियान नचलाएको होइन, विभिन्न नाममा जनताको बीचमा गएकै हुन् तर रुपान्तरणका लागि माओवादीले जे जे वाचा गरेका थिए त्यसमध्ये केही पुरा नगरेपछि जनताले पार्टीमाथि विश्वास गर्ने आधार खोजिरहेका छन् ।
दश वर्ष सशस्त्र युद्धको रापतापले २०६४ सालमा सबै भन्दा ठूलो पार्टी बन्न सफल माओवादी त्यसपछिका सबै निर्वाचनमा तेस्रोमा भएर सिमित भयो । तेस्रो दोस्रो वा पहिलो हुन सकेन, अब चौथो, पाँचौंमा जाने सम्भावना छ । दोस्रो र पहिलोको बारेमा कल्पना पनि गर्न सकिदैन तर नेताहरु भन्छन्, ‘यो तीन महिने अभियान सफल भएपछि माओवादी अगामी चुनावमा पहिलो वा दोस्रो हुने निश्चित छ ।’ यो सही हो कि सशस्त्र युद्धको रापताप सेलाउदै गएपछि माओवादीे पार्टीको साख पहिले भन्दा घट्दै गईरहेको छ । त्यस अवस्थामा पनि साउन १७ गते देखि साउन २१ गतेसम्म बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट निर्णय गरेर तीन महिने अभियान सञ्चालन गरेको छ ।

बरु पार्टी जनताबाट कटे जस्तो, पछि झन विभाजित भए जस्तो भएको अनुभव भएको भनि सुनाउनु हुँदै उहाँले एकीकृत माओवादी विभिन्न चिरामा विभाजन गरे जस्तो देखिएको सुनाउनु भएको थियो ।

यो अभियानबाट २०६४ सालको जस्तै बलियो पार्टी बनाउने दावी पार्टीका नेताहरुले गरिरहेका छन् । २०७० पछि हाम्रो देशको राजनितिकमा धेरै उतारचढाव आए । ती कुराहरुलाई पनि मध्यनजर गर्दै माओवादी पार्टीले तीन महिने अभियान चलाई रहेको छ । माओवादी पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ’प्रचण्ड’ले भन्नुभयो, ‘भदौ १६ गते ६,७४३ वडामा एकै चोटी अभियान थालनी गर्नुभयो । ‘हामी सुध्रिन चाहेकाले जनता समक्ष जान लागेका हौं ।
हामीले १०–१५ वर्षदेखि बैठक भेला सम्मेलन गरियो तर रुपान्तरणको आशा गरे जस्तो भएन ।’
बरु पार्टी जनताबाट कटे जस्तो, पछि झन विभाजित भए जस्तो भएको अनुभव भएको भनि सुनाउनु हुँदै उहाँले एकीकृत माओवादी विभिन्न चिरामा विभाजन गरे जस्तो देखिएको सुनाउनु भएको थियो । गाँउमा पुगेको माओवादी केन्द्रका नेताहरुलाई त्यहाँका कार्यकर्ता, समर्थक शुभचिन्तक जनताले सोध्न थालेका छन् कि हामीले युद्धका बेला दिएका बास र खुवाएको खाना सम्झाना किन राख्नु भएन ।’ युद्धका बेला गाँउलाई अधार बनाएका तपाई कमरेडहरु शहरको झिलीमिलीमा किन हराउनु भयो, यो कार्यशैली र व्यवहारले पार्टीको सुदृढिकरणका लागि होइन, व्यवहारमै काम गरेर देखाउनु वडाका नेताा तथा कार्यकर्ताले चुनौती दिएका छन् ।
तर ती गाँउको नेता कार्यकर्ता, सर्मथक एवं शुभचिन्तकलाई नेताहरुले चित बुझ्दो जवाव दिन सकेका छैनन् । कार्यक्षेत्रमा खटिएका नेतासँग गाउँघरका नेताहरुले सोध्न थालेका छन्, ‘हाम्रो पार्टी ३ र ४ पटक सरकारको नेतृत्व गर्दा समेत हाम्रो जीवनस्तर किन सुधार भएन ।’
माओवादीप्रति नेपाली जनताको ठूलो अपेक्षा रहेको कुरा यी जिज्ञासाहरुबाट पुष्टि हुन्छ । अभियानको एक महिना भयो तर जनताको मत जित्न सकेको छैन, र त्यो छाँटकाँट पनि देखिएको छैन । अभियानको अझै दुई महिना बाँकी छन् । यो दुई महिनामा केही चमत्कार भयो भने छुट्टै कुरा हो तर माओवादी रुपमान्तरण हुने छाँटकाँट मैले देखेको छैन । किनभने माओवादीबाट नेपाली जनताले निकै ठूलो अपेक्षा राखेका थिए तर ती कुनै पनि अपेक्षा माओवादीले पुरा गर्न सकेन र त्यसैको आक्रोश अहिले जनजनबाट आइरहेका छन् ।
२०६२÷०६३ मा शान्ति प्रक्रियामा आएपछि शहरमुखी बनेपछि माओवादीको आधार इलाका समेत कमजोर हुँदै गएको छ । २०७२ असोजमा संविधान जारी हुनुअघि माओवादीको मुख्य लक्ष्य संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु–याउने थियो । तर संविधान जारी भए पनि शान्ति प्रक्रियाका काम अहिलेसम्म पुरा भएको छैन । युद्धका पिडितले न्याय पाएका छैनन्, वेपता भएका परिवारले न्याय पाएका छैनन् । बेपत्ता भएका व्यक्तिको खोजविन हुन सकेको छैन । सत्य निरुपन तथा मेलमिलाप र वेपता छानविन आयोगले अझै काम गर्न सकेको छैन । अर्थात माओवादी पार्टी अहिले रक्षात्मक अवस्थामा पुगेको छ ।
माओवादी केन्द्रले अघि सारेको संघीयता लगायतका मुद्दा कति पुरा गर्यो वा गरेन त्यसको समिक्षा भइ नै रहेको छ । सोही समिक्षाको आधारमा जनताले माओवादी नेताहरुसँग आँखा जुधाएर प्रश्न गर्न थालेका छन्, ‘खोइ माओवादीले भनेको संघीयता र कल्पना गरिएको राज्यपुन संरचना ।’ माआवादीले जातीको आधारमा, समुदायको आधारमा पहिचान सहितको राज्यपुनः संरचना हुन्छ, सबैले आआफ्नो पहिचान अनुसारको राज्य र अधिकार पाउनेछन् । र, त्यही भनेर १० वर्षे जनयुद्ध पनि गराएको थियो । त्यही नाममा लाखौ, मधेशी, आदिवासी जनजाति, दलित र पिछडिएका समुदायले आफ्नो पहिचान र अधिकारका लागि माओवादीलाई जनयुद्धमा साथ दिएका थिए ।
तर माओवादी पटक पटक शक्ति र सत्तामा गयो तर भुईमान्छेको समस्यामा कति पनि गम्भीर नदेखिएको कुरा अहिले जनताले गर्न थालेका छन् । माओवादी नेतृत्वको जीवनशैलीमा आमुल परिवर्तन आयो । आफू सुकिला मुकिला भए, राजधानीमा घर तथा महल ठडाए तर अधिकार र पहिचानको लडाईका लागि जसको घर उजारे, जसको घर बिगारे त्यसको न घर बन्न सकेको छ न परिवार । ती सबैले एक साथ एक स्वरमा पार्टी नेतृत्वसँग प्रश्न गर्न थालेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको १४ वटा सरकारमध्ये नौ वटा सरकारमा माओवादी स्वयं सहभागी भएको छ । चार पटक त सरकारको नितृत्व नै गरिसकेको छ । तर युद्धका बेला जनताको बलमा लडाई लडेकाहरुले सत्ता शक्तिमा गएपछि सदा जीवनशैली बिर्सेका छन् । माओवादी नेताहरुको उठ बस, सम्पर्क, सम्बन्ध बिचौलिया, माफिया र तस्करसँग बढ्दै गइरहेको छ । माओवादीका तलो तहका नेताका कुरा पत्याउन छाडेका छन्, जो दलाली गर्छन्, जो बिचौलिया हुन् । उनीहरुको कुरा माओवादीका शीर्ष नेताहरुले बढी सुन्न थालेका छन् ।

 

सिचाईको लागि कुलो पैनी बनाउने जस्ता सकारात्मक कार्यहरु पनि गरिरहेका छन् जो प्रशंसनीय छन् । हो, यो काम धेरै पहिला नै गर्नुपथ्र्यो । जनयुद्धमा यस्तै यस्तै काम गरेर माओवादी लोकप्रिय बनेको थियो ।

जसको बलमा माओवादीले १० वर्ष युद्ध हाँक्यो ती व्यक्ति अहिले गन्हाइरहेका छन् । ती व्यक्ति अहिले माओवादी नेताहरुको सामु जाँदा नाक खुम्चाएर मुख फर्काउँछन् । नचिनेको जस्तो गर्छन् तर त्यही ठग, दलाल, माफियाहरुसँग दोस्ती यारी बढ्दै गएको छ । माओवादीहरुको रहनसहन छोटे राजामा रुपान्तरण भएको छ ।
जीवनशैली र कार्यशैली बिग्रिएका कारण हामी माओवादी ओरालो लागेको अवस्थामा छौं । माओवादी पार्टी जनता समक्ष कमजोर हुनुको मुख्य जिम्मेवार नेतृत्व पक्षले लिनुपर्छ । हाम्रो नेतृत्व जनताको सुख दुखमा साथ र सहभागी रहन सकेन र जनतासँग सम्बन्ध अत्यन्त कमजोर रह्यो । माओवादीले जनताको चित दुखाएको छ त्यसको अभिशाप त अवश्य लाग्छ । यो अभियानमा ती पाप कटाउन सकेन भने माओवादी फेरि उठ्न सक्दैन । माओवादीले अब पनि जनतालाई ढाँट्नु हुँदैन ।
त्यस्तै माओवादी केन्द्र तीन महिने अभियानमा जनजनमा माओवादी, घरघरमा माओवादी मुल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी नेता– कार्यकर्ताहरुले सरसफाई गर्नुको साथै किसानको खेतमा काम गर्ने, वृक्षा रोपन र रक्तदान, किसानको लागि नदीमा बाँध बाध्नेसम्मको काम गरिरहेका छन् । सिचाईको लागि कुलो पैनी बनाउने जस्ता सकारात्मक कार्यहरु पनि गरिरहेका छन् जो प्रशंसनीय छन् । हो, यो काम धेरै पहिला नै गर्नुपथ्र्यो । जनयुद्धमा यस्तै यस्तै काम गरेर माओवादी लोकप्रिय बनेको थियो । शान्ति प्रकृयामा आएपछि ती सबै काम छाडेर शहर केन्द्रित भएका थिए ।
जुन कुरा जनताले पचाउन सकेन र त्यसको प्रतिकृया चुनावमार्फत देखाई हाले ।
सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३ मा सहिद परिवारको खेतमा माओवादी नेता कार्यकर्ता धान गोडमेल गरेका छन् । त्यस्तै सिरहाको औरही गाउँपालिकामा नहरको पानी किसानको खेतसम्म पु–याउनको लागी नदीमा बाँध बाँध्नुको साथै क्ुलो पैनी सफाई गर्नेसम्मको काम गरेको छ ।
अभियान सुरु गरेको यही दिनमा जनताबाट सकारात्मक प्रतिकृया आएपनि विश्वास गर्ने ठाउँ अझै बनेको छैन । किसानको खेतीपातीमा सधाउने गरी सुरु गरिएको अभियानप्रति जनता उत्साहित त भएका छन् तर शंकाको नजरले हेरिरहेका छन् । जनतालाई आईपर्ने सुख दुखमा माओवादी तत्परता साथ कार्यको लागी हरबखत तयार रहनुपर्छ भनि जनताले अपेक्षा गरेको छ । यो अभियानलाई अभियानमै सिमित गरियो भने माओवादीको औचित्य माथि प्रश्न खडा हुन्छ ।
अध्यक्ष प्रचण्डले भने झै माओवादी रुपान्तरण हुन सम्भव छ त्यही भएर हामी जनताको सुझाव र आलोचना ग्रहण तयार छौं । हिजो अत्यन्तै भिषन कठिन संघर्षका क्षणमा हामीलाई जनताले विश्वास गरेर नै साथ सहयोग गरेका कारण हाम्रो आन्दोलन सार्थकता प्राप्त गरेको हो । त्यही भएर जनता परिवर्तनका पक्षमा छन् । जनता सँग हामी पनि रुपान्तरण भएर गल्ति कमजोरीबाट आत्मालोचित हुन चाहन्छौ र हामी सुध्रिन चाहन्छौ भनि माओवादीहरुले भनिरहेका छन् । जनताले अझै अग्नीपरीक्षा लिइरहेको छ ।
(लेखक अरविन्द यादव माओवादी केन्द्रका नेता हुनुहुन्छ)

तपाईको प्रतिक्रिया