मधेशको पुरातात्विक महत्वको जमिनमा चीनको आँखा

सिरहा असोज २१ गते । लहान नगरपालिका वडा नम्बर २४ स्थित खप्टे डाँडा पुरातात्विकको रुपमा परिचित लहान नगरपालिका वडा नम्बर २४ को सो जग्गा चाइनाले जवर्जस्ती उत्खनन् गर्ने भएका छन् ।
लहान नगरपालिकाका मेयर महेश चौधरी र केही स्थानीयलाई आफ्नो साथमा लिएर चिनियाँ कम्पनीले पुरातात्विक रुपमा परिचित सो डाँडालाई खनेर त्यहाँबाट निस्किने ढुगां तथा गिटी सडक निर्माणमा प्रयोग गर्ने स्थानीयहरुको दावी छ ।
त्यसका लागि चाइनिज कम्पनीले सो ठाउँमा टहरा समेत निर्माण गरिरहेको छ । यसमा लहान नगरपालिका मेयर महेश चौधरीको मिलोमतो रहेको स्थानीय पत्रकार एवं नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष दिनेश गुप्ताले बताउनुभयो ।
यहाँका स्थानीयले त्यसमा अवरोध गरिरहेका छन् तैपनि नगरपालिका मेयरले करौडोको सम्झौता गरेर उत्खनन् गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
तर काँग्रेसबाट चुनाव जितेका मेयर चौधरीले आफ्नो कुनै पनि मिलोमितो नरहेको दावी गर्नुभयो । उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘एक त त्यो डाँडा चाइना कम्पनीले उत्खनन् नै गरेको होइन, जसले भनेका छन् गलत भनेका छन् कुनै कम्पनीले त्यहाँ निजी जग्गालाई खन्न लागेको मैले पनि सुनेको हुँ तर त्यसमा मेरो कुनै संलग्नता छैन ।’
गिटी बालुवाका लागि स्वाइल टेस्ट गरिरहेको छ । घर टहरा बनाएका छन् । सानातिना पसलहरु पनि खुल्न थालेका छन् । पानी तान्नका लागि बोडिङ पनि जडान गरेको छ ।
त्यो जमिनमुनी अन्य खनिज पदार्थहरु पनि रहेका छन् । पहिलो पनि त्यहाँ एक पटक उत्खनन् गर्दा त्यहाँ सुन भेटिएको थियो । त्यसरी सुन भेट्दा सरकारले उत्खनन् गर्न रोक लगाएका नगरपालिका वडा नम्बर २४ का एक वडा सदस्यले बताउनुभयो ।
पुरतात्विक विभागले पनि कुनै प्रकारको उत्खनन् नगर्न नगरपालिकालाई पत्र पठाएको तैपनि नगरपालिका मेयर चौधरीले जवर्जस्ती उत्खनन् गर्न लगाएको खप्टे डाँडा पुरातात्विकका अध्यक्ष बन्दीलालले बताउनुभयो ।
महेन्द्रराज मार्ग चौडा गर्ने काम चाइना कम्पनीले पाएको छ । राजगमार्ग बनाउनका लागि चाइना कम्पनीले लहानमा रहेको चित्रलेखा यादवको दरबार होटल भाडामा लिएर बसेको छ । त्यही राजमार्गमा बालुवाटा गिटी प्रयोग गर्न त्यो उत्खनन्न गराउन लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया