काठमाडौँ असोज २१ गते । मधेसी एसोसिएशन इन अमेरिका (मा) ले अमेरिकामा झिझिया कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकाको न्यूजर्सी राज्यमा वरीपरी पेनसलभनिया, न्यूयोर्कलगाएत का मधेशी समुदायहरू मिलेर झिझिया महोत्सव मनाउन लागेकाको कार्यक्रमका संयोजक सुवास साहले बताउनुभयो ।
उहाँका अनुसार दशैंलाई लक्षित गरेर तराई मधेशका सबभन्दा चर्चित नृत्य झिझिया कार्यक्रमको आयोजना गर्न लागिएको हो । र, अमेरिकामा यो कार्यक्रम पहिलो पटक भएको उहाँको दावी छ ।
माका वरिष्ठ उपाध्यक्ष मनोज सिंहका अनुसार यस झिझिया कार्यक्रमका न्यूजर्सी वरीपरी रहेका सबै राज्यबाट मधेशीहरुको कार्यक्रममा सहभागी रहने र यस कार्यक्रमबाट अमेरिकामा रहेका मधेशी समुदाय निकै उत्साहित भएको उहाँले बताउनुभयो ।
एमएका प्रवक्ता सुभाषकुमार बैठाका अनुसार यो पहिलो पटक भएको कारण कोही चुनौती थियो तर सबैको साथ सहयोग प्राप्त भएपछि सबै सम्भव भएको छ ।
अमेरिकामा रहेरले पनि आफ्नो देशको भाषा, सँस्कृति र परम्परालाई जोगाई रहनुपर्छ त्यसलाई सम्झि रहनु पर्छ भनेर नै झिझिया लगायत अन्य कार्यक्रमहरुको आयोजना गरिएको उहाँले बताउनुभयो ।
त्यसै गरी अध्यक्ष संगित रौनियारले यस्ता झिझिया, समा–चकेवा, दिपावली, छठ लगाएत मधेशका पर्व हरू अब सामूहिक रूपमा नै मनाउने कोसिश गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया