मधेशमा निर्माणमा भएको ‘द नोटबुक’ ले रसियामा पायो पुरस्कार
२१ आश्विन २०८०, आईतवार २१:३८
काठमाडौँ असोज २१ गते । विभिन्न नाटक, फिल्म, गीत, सगितको निर्देशन गर्नुभएका सरिता साहको निर्देशनमा तयार पारिएको लघु चलिचित्र ‘द नोटबुक’ ले रसियामा ग्रामीण क्षेत्रमा शिक्षाको विकास गरेकोले ‘डिप्लोमा’ पुरस्कार प्राप्त गरेको छ ।
रसियामा आयोजित ‘१०औँ जिरो प्लस अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सो चलचित्र छनौट भएको थियो । विश्वभरीका ४० वटा देशहरूबाट १६९ वटा चलचित्रहरुको मध्ये ‘द नोटबुक’ ले सो सम्मान र पुरस्कार प्राप्त गरेको निर्देशक सरिता साहले बताउनुभयो । सो कार्यक्रममा सरिता साह आफै सहभागी भएर पुरस्कार र सम्मान ग्रहण गर्नुभको हो ।
उहाँले तराई मधेशको ग्रामिण क्षेत्रमा चेलेबेटीलाई दिइने शिक्षाको बारेमा नौ मिनेटको चलचित्र निर्माण गर्नुभएको थियो । सो लघु चलचित्रले रसियामा सबैको मन जितेको हो ।
रसियाको सो महत्सवमा नेपालबाट साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित ‘द नोटबुक’ पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स श्रेणीको प्रतिस्पर्धामा छनौट भएको थियो । सो प्रतिस्पर्धाबाट नै डिप्लोमा पुरस्कार तथा सम्मान प्राप्त गरेको हो ।
२०७९ सालको बैशाख महिनामा निर्माण सम्पन्न भएको लघु चलचित्र ‘द नोटकबुक’ लाई रोयल नर्वेजियन एम्बेसीको आर्थिक सहयोगमा आसमान नेपालले निर्माण गरेको हो भने प्रस्तुती सरिता फाउण्डेशनको रहेको छ । यस चलचित्रको छायाँङ्न धनुषा जिल्लाको बटेश्वरमा गरिएको हो ।
तपाईको प्रतिक्रिया