प्रभु साहले ज्येष्ठ नागरिकको हातबाट गर्नुभयो टिकाग्रहण
७ कार्तिक २०८०, मंगलवार १६:२३
रौतहट कात्तिक ७ गते । आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले ज्येष्ठ नागरिकको हातबाट टिकाग्रहण गर्नुभएको छ । रौतहटको हिमालीबासमा आयोजित टिकाग्रहण तथा शुभकामना अदान प्रदान कार्यक्रममा उहाँले त्यसरी टिकाग्रहण गर्नुभएको छ ।
उहाँले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाइ आफैले टिका लगाई दिनुभयो । त्यसका साथै त्यहाँ उहाँले आफ्नो शुभकामना मन्तव्य पनि दिनुभएको थियो । टिकाग्रहण असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा मनाईने महापर्व विजयादशमीको शुभ अवसरमा विगतका वर्षहरुझै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
यस वर्ष विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११.०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण बिसं २०८०को बडादसैँ असोज अन्तिमदेखि सुरु भएको हो ।
कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।
तपाईको प्रतिक्रिया