Khadya Bibhag

ममता झाबाट सिके राउतले गर्नुभयो टिकाग्रहण

सप्तरी कात्तिक ७ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सप्तरीका इन्चार्ज ममता झाबाट टिका ग्रहण गर्नुभएको छ । आज विजयदशमीका दिन सप्तरीको राजविराजमा जनमत पार्टीले आयोजना गरेको शुभकामना अदालन प्रदान तथा टिकाग्रहण कार्यक्रममा अध्यक्ष राउतले टिकाग्रहण गर्नुभएको छ ।
त्यस्तै, सोही कार्यक्रममा पार्टीबाट मन्त्री भएका महेश यादवलगायत अन्य नेता तथा कार्यकर्ताहरुले अध्यक्ष राउतबाट टिकाग्रहण गर्नुृभएको छ । अध्यक्ष राउतले टिका लगाएपछि नेता तथा कार्यकर्तालाई दक्षिण स्वरुप २० रुपियाा र एउटा जेरे समेत दिनुभएको छ ।

यस वर्ष विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११स्०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो ।
त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण बिसं २०८०को बडादसैँ असोज अन्तिमदेखि सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।

तपाईको प्रतिक्रिया