Khadya Bibhag

मूल्य निर्धारणप्रति उखु किसानको चित्त दुखाई

उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज ९एभरेष्ट चिनी उद्योग०ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् । पुस ६ गते उद्योगले उखु क्रसिङ सुरु गरेपछि अहिले आफ्नो उखु तौलको पालो पर्खेका किसानको लाम लागेको छ ।
“मूल्य त चित्त बुझेको छैन नि, के गरौँ रु खुट्टी ९दोस्रो वर्षको उत्पादन० उखु काटेर खेतमा अरू बाली लगाउन समय धेरै छैन, बुझाउनै प¥यो नि”, उखु तौलका लागि उद्योगको ढोकामा पालो पर्खेर बस्नुभएका किसान अरुण गिरीले भन्नुभयो, “हामी यति निरिह छौँ कि आफ्नो मेहनतको मूल्य तोक्न पनि उभ्याउँदैनौँ, जो तय हुन्छ, हामीले दिनुपर्छ ।”
गत साता उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ पाउने सरकारले निर्णय गरेलगत्तै किसान र किसानका प्रतिनिधि संस्थाले आपूmहरुलाई समावेश नगराई सरकारले मूल्य तोकेको भन्दै चित्त दुखाएका थिए । “हामीले यसपालिको चिनीको मूल्य, खेती लागतको मूल्याङ्कन गरी प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने माग गरेका थियौँ”, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेश सिंह कुशवाहाले भन्नुभयो, “सरकारले हामीलाई नराखी उद्योगसँगको सल्लाहमा मूल्य निर्धारण ग¥यो ।”
दोस्रो वर्षको उत्पादन काटेर तत्काल अन्य बाली लगाउन पर्ने हुँदा मूल्य चित्त नबुझे पनि किसान उद्योगलाई उखु बुझाउन विवश हुनुपरेको उहाँको भनाइ थियो । सरकारले अहिले तोकेको ६३५ रुपियाँमध्ये ५६५ रुपियाँ उखुको मूल्य र ७० रुपियाँ सरकारले दिने अनुदानवापतको रकम भन्ने स्पष्ट पारिएको छ ।
मुडन ९पहिलो वर्षको उत्पादन० उखु काट्न ढिलो नभइसके पनि खुट्टी उखुको खेत खाली गर्न अहिले किसानलाई भ्याइनभ्याइ छ । त्यसैले अहिले अरू बाली लगाउने समय नपुग्ने चिन्ताले किसान उखु बुझाउन हतारिएका हुन् । “पछि जे होला, जे पाइएला, खेत खाली गरेर अन्य बाली लगाउन ढिलो हुँदैछ, त्यसैले खुट्टी उखु बुझाउन हतार छ”, गौशाला–१ का किसान चन्देश्वर महतोले भन्नुभयो, “सरकारले हाम्रो मर्का बुझेर मूल्य बढाइदिने आश मरेको छैन ।” खुट्टी उखु भएको खेतबारी खाली गरेर पुस २२ भित्र गहुँ र दलहन लगाइसक्नु पर्ने बाध्यताले अहिले उखु बुझाउन किसानलाई हतार भएको हो ।
चिनी उद्योगले अहिले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्दैछ । यसपालि गत वर्षभन्दा अलि ढिलो उखु क्रसिङ सुरु भएको हो । अर्को यामका लागि उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगको लक्ष्यअनुसार आवश्यक पर्ने उखुमध्ये १८ लाख क्विण्टल महोत्तरी जिल्लाबाट प्राप्त हुने उद्योगीले जनाएको छ ।
यसपालि उद्योगलाई आवश्यक पर्ने उखुमध्ये धेरैजसो उद्योगमै आउने हुने उद्योग प्रशासनले जनाएको छ । यसरी करिब २० लाख क्विण्टल उखु उद्योग गेटमा आउने र बाँकी दस लाख क्विण्टल महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा सञ्चालित ३३ खरिद केन्द्रमार्फत आपूर्ति हुने उद्योगको अनुमान छ । गत वर्ष उद्योगले २६ लाख ३० हजार ७४७ क्विण्टल उखु क्रसिङ्ग गरी दुई लाख ४२ हजार तीन क्विण्टल चिनी उत्पादन गरेको थियो । यसपालि उखु चार लाख क्विण्टल बढेसँगै चिनी उत्पादन पनि बढ्ने भएको हो । महोत्तरीमा यसपालि आठ हजार किसानले सात हजार बिघामा उखु लगाएका छने ।
एक दशक पहिले १८ हजार बिघासम्म पुगेको उखु खेती खस्कदै तीन वर्ष पहिले पाँच हजार बिघामा झरेको थियो । पछिल्ला दुई÷तीन वर्षदेखि उखुको भुक्तानी सहज हुनथालेपछि फेरि यो खेती बढ्दै अहिले सात हजार बिघामा पुगेको छ । उद्योगले उखु तौल भएको एक साता नबित्दै भुक्तानी दिइने जनाएको छ ।

तपाईको प्रतिक्रिया