Khadya Bibhag

उपेन्द्र यादवले भन्नुभयो, ‘कृषि विश्वविद्यालय भवनको शिल्यानास गर्दा खुशीको अनुभूती भएको छ

सप्तरी माघ ८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयपछि मधेश कृषि विश्वविद्यालयको भवनको सिलान्यस गर्न पाउँदा आफूलाई निकै खुशी िलागेको बताउनु भएको छ । लामो समयपछिको सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै उहाँले  विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । सो विश्वाविद्यालयको भवनको सोमवार शिलान्यास गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढ्न समेत निर्देशन दिनुभयो ।
प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराउनुभयो । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकाले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने दाबी गर्नुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेश प्रदेशको सप्तरीमा विश्वविद्यालथ स्थापना हुनु गौरवको विषय भएको बताउनुभयो । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड थियो ।
मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराउनुभयो ।
प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८÷७९ मा एक अर्ब ४९ करोड रुपियाँ बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड रुपियाँ र चालु आवमा ३० करोड रुपियाँ विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि  एक अर्ब रुपियाँमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया