चीन विरुद्ध पोखरामा प्रदर्शन

राष्ट्रीय एकता अभियान, पोखराले हिजो आइतवार पोखरामा चिन विरुद्ध प्रदर्शन गरेको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै अभियानले त्यसको विरुद्धमा पोखरामा प्रदर्शन गरिएको हो । ऋणमुक्त ऱ स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतना रैली निकाल्दै प्रदर्शन गरेको छ ।
अभियानका केंद्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर, विमानस्थल पूर्णरुपले सञ्चालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर, बिआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नारा लगाइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस भन्दै मुख्य मागसहित निकालिएको रैली पोखराको सभागृह अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी पृथ्वीचौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको आरोप लगाउनु भएको थियो । संयोजक यादवले आर्थिक सहयोगको बहानामा चिनले देखाएको सक्रियता र सहयोग दुवै नेपालको लागि खतरा रहेको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागी ठूलो ऋणजाल सबित हुने दावी गर्नुयभो । संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक घाटापूर्तिको बाहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठूलो खेल भइरहेको आरोप समेत लगाउनुभयो ।
नेपालको सार्वभौमसतामाथि बढ्दै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफूहरुले पटक पटक अनुरोध र आहवान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दुखको कुरा भएको उहाँको धारणा थियो । राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको माग गरेका थिए ।
अन्य वक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व, मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठूलो ऋणजाल भएको कुरामा जोड दिएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठूलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया