काठमाडौं जेठ ३ गते ।गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ ।
जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवगठित जनता समाजवादी पार्टीका अध्यक्षसहित ३२ जनालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको हो ।
यादवको अध्यक्षतामा बसेको बैठकले अशोक राईसहितका नेताहरू जनकपुरमा हुन लागेको महाधिवेशनबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।
जसपा नेपालले पार्टी फुटविरुद्ध भण्डाफोर अभियान पनि चलाउने भएको छ ।


तपाईको प्रतिक्रिया