Khadya Bibhag

जसपाका अध्यक्ष अशोक राइले भन्नुभयो, ‘पार्टीका सम्पूर्ण कार्य सुचारु छ’ (विज्ञप्तिसहित)

काठमाडौँ जेठ ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइले आफ्नो पार्टीका सम्पूर्ण कार्य सुचारु रहेको बताउनु भएको छ ।
जसपाका अध्यक्ष राईले हिजो एक विज्ञप्ति जारी गरी अदालतको आदेश अनुसार सनाखतको कार्यक्रम रोकिए पनि पार्टीका अन्य सांगठनिक कार्य नरोकिएको दावी गर्नुभएको छ । अदालतमा दुवै पक्ष जेठ ८ गते उपस्थित भई छलफल भएपछि अदालतवाट संविधान र ऐन कानुन वमोजिम निष्पक्ष न्याय निरूपण हुनेमा आफूले विश्वास्त रहेिको बताउँदै उहाँले जसपामा समर्थन गरी सनाखत गर्नु भएका जनप्रतिनिधिहरूको पक्षधरता यथावत कायम हुने र अदालतबाट अर्को आदेश नभएसम्म अदालतको आदेशबाट सनाखतको काम हाललाई रोकिएको उल्लेख गर्नुभएको छ ।
जसपाले संगठन गर्ने, भेला हुने, दलमा आबद्ध हुने, राजनीतिक दलका तर्फवाट शान्तिपूर्ण सभा सम्मेलन गर्ने जनताको संवैधानिक हकको प्रचलनमा कुनै बाधा नपर्ने हुँदा यस राजनीतिक दलका सम्पुर्ण कार्यहरू सुचारू रहिरहने भनि सबैमा उहाँले जानकारी गराउनु भएको छ ।
सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेशको बारेमा भ्रम फैलाउने काम भइरहेको बताउँदै उहाँले अदालत भएको अल्पकालिन आदेशको विषयको गाम्भीर्यता नबुझि सो मुद्दाका सम्बन्धमा अनर्गल प्रचारवाजी गर्नु असान्दर्भीक रहेको टिप्पणी गनुृभएको छ ।
अशोक राइले बैशाख २४ गते जसपा नेपालबाट अलग भएर जसपा गठन गर्नुभएको छ । निर्वाचन आयोगले दलको मान्यता दिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कानुनसम्मत नरहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया