Khadya Bibhag

लोसपाले महाधिवेशनका लागि सदस्यता अभियान सुरु गर्ने

काठमाडौँ जेठ ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ ।
महाधिवेशनलाई लक्षि गर्दै जेठ ५ गतेदेखि धनुषाबाट सदस्य वितरण अभियानको सुभारम्भ गर्ने भएको छ । धनुषाबाट सुरु भएको अभियान पहिलो चरणमा धनुषासहित सिरहा, सप्तरी र सर्लाहीमा पनि सदस्य वितरण कार्यक्रममा अभियानकै रुपमा सञ्चालन हुने बताइएको छ ।
सदस्यता अभियानका लागि शीर्ष नेताहरु जनकपुर जाने भएका छन् । २०७१ मा तमलोपाको मभहाधिवेशन भए यता पार्टीको महाधिवशेन भएको छैन । तमलोपा राजपा, जसपा हुँदै लोसपा बनिसकेको छ । स्थापनाकालदेखि महन्थ ठाकुर नै अध्यक्ष रहनु भएको छ ।

तपाईको प्रतिक्रिया